न्यू योर्कमा सुम्निमा साँझ-७ सम्पन्न: सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राई सम्मानित Exclusive: न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-७ भब्यताकासाथ सम्पन्न गरिएको छ। उक्त साँझमा सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राईलाई सम्मान गरिएकोछ। आईतबार डिसेम्बर २० तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित कुईन्स प्यालेसमा आयोजना गरिएको उक्त साँझमा सम्मानित कलाकारहरुलाई प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पुन: दोश्रो पटक निर्बाचित अध्यक्ष लुइसाङ् वाइबा तामाङले बिशेष कदर पदक र परम्परागत खादाद्वारा सम्मान गरेका थिए। यस अघि सोसाइटीले सन् २०१४ मा कलाकरहरु गायक राजेन्द्र राई, गायक सुमन बुढा मगर, गायक तिलक श्रेष्ठ, गायिका पबिता परियार, गितकार पद्मा लिंखा मगर र प्रतिभाशाली बालिका खेलाडी फर्चुन राईलाई (हेर्नुहोस् सुम्निमा साँझ-६), सन् २०१३ मा न्यू योर्कमा ४ सयभन्दा बेशी स्टेजमा न्रित्य गरिसकेकी न्रित्याङ्गना बसन्तीदेवि राई, न्यू योर्ककि गायिका एबं न्रित्याङ्गना यशोदा खालिङ राई र नेपालका चर्चित गायक एबं नायक यश कुमार (हेर्नुहोस् सुम्निमा साँझ-५), सन् २०१२ मा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, सितोरियो कराते खेलाडीहरु समरबहादुर गोले, टाशी टि शेर्पा, पर्खि राई, अरुण राई, दिपक राई र बाल गायिका एन्जिला राई (हेर्नुहोस् सुम्निमा साँझ-४) र सन् २०१० मा गायिका सपना श्री र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक बिजय पौडेललाई(हेर्नुहोस् सुम्निमा साँझ-२) सम्मान गरिसकेको छ। उक्त साँझमा गायक रामकृष्ण ढकाल, संगिता थापा मगर, राजेन्द्र राई, बिमल डाँगी, पूर्ण राई, एन्जिला राई, बसन्ती राई, तिलक श्रेष्ठ, र मार्कस राईले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरेका थिए भने नायिका मीरा गुरुङ, यशोदा खालिङ राई, पासाङ शेर्पालगायत ले नृत्य प्रस्तुत गरेका थिए । सोसाइटीका न्यू योर्क च्यापटर अध्यक्ष खगेन्द्र राईको सभापतित्वमा सम्पन्न उक्त साँझमा स्वागत मन्तब्य केन्द्रिय बोर्ड अध्यक्ष मणी बाङ्देलले गरेका थिए भने धन्यवाद ज्ञापन उक्त साँझकि संयोजक प्रताप राईले गरेका थिए।
clubmanhattan · Feb 6, 2016 10:13 AM · 8,774 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion