महराले अख्तियारलाई बुझाए सम्पत्ति विवरणः १२ वर्ष पढाउँदा १ लाख १२ हजार, १० वर्ष राजनीति गर्दा ९७ लाख कमाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेका भीआईपीमध्येका एक एमाओवादी महासचिव कृष्णबहादुर महराले आफूले अख्तियारमा सम्पूर्ण सम्पत्ती विवरण बुझाइसकेको बताएका छन् । रोल्पाबाट प्रकाशित हुने रोल्पा समाचार साप्ताहिकलाई अन्तरवार्ता दिँदै उनले आफूले १२ वर्ष शिक्षण पेशा गर्दा १ लाख १२ हजार कमाएको र १० वर्ष राजनीति गर्दा ९७ लाख कमाएको आफैंले खुलासा गरेका छन् । अन्तरवार्तामा उनले भनेका छन्, ‘ मैले बाल कल्याण उ.मा.वि.मा १२ वर्षसम्म अध्यापन गराएको थिए । १२ वर्ष पढाएको १ लाख १२ हजार तलब बुझेको रहेछु । २०४८ सालदेखि ५३ सालसम्म पनि सांसद बनेको थिए । फेरी २०६३ सालदेखि हालसम्म कुनै न कुनै पद तथा जिम्मेवारीमै छु । मैले आफैलाई पनि धेरै बुझेको छु होला भन्ने लागेको थियो तर पनि जम्मा ९७ लाख मात्रै बुझेको रहेछु ।’पत्र काटिएसँगै आफू अख्तियारको सम्मान गर्दै त्यहाँ हाजिर भएको भन्दै उनले सत्य विवरण बुझाएको अन्तरवार्तामा उल्लेख गरेका छन् । उनले आफ्नो रोल्पाको लिवाङमा हालपनि पुख्र्यौली सम्पत्ति रहेको र त्यसलाई हाल पार्टीले प्रयोग गरिहको भन्दै भएको केहि जग्गा भने प्राबिधिक शिक्षाका लागि निशुल्क दान दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ हाम्रो खेत थियो, त्यही खेत बेचेका थियौं । दुइभाई छोराहरू एटम र राहुल दुवै जनमुक्ति सेनामा कार्यरत थिए । अवकाशमा आउँदा बेलामा ५–६ लाख लिएर आएका थिए । सबै गरी ३० लाख भयो । दाङको गैरा गाउँमा घर पनि छ । हामी सबै परिवाहरू त्यही नै बस्दछौँ ।’ यस्तै उनले एमाओवादी शान्तिप्रक्रियामा आएसँगै जनमुक्ति सेनाको शिविर व्यवस्थापन गर्न रकम निकासा भएको र त्यो सोहि प्रयोजनमा खर्च गरिएको पनि बताएका छन् । ‘सबै पार्टीका नेताहरूले शिविर व्यवस्थापनका लागि २०६३ साल मंसिरदेखि चैत्रसम्म करिव ५ महिनासम्ममा ३१ हजार जनमुक्ति सेनाको व्यवस्थापनका लागि ४६ करोड रुपैया बुझेको थिए । त्यो पनि तत्कालीन सरकारको अनुरोधमा बुझेको थिए । त्यो महालेखा परीक्षक सबैले हिसाव हेरीसकेको अवस्था हो । एउटै व्यक्तिको नाममा ४६ करोड रुपैया निकास किन गरियो भन्ने मात्रै हो । अन्य केही पनि होइन ’ उनले भनेका छन् । अख्तियारको पत्रबारे उनले दिएको अन्तरवार्ताको अंश जस्ताकोतस्तै:मलाई अरु केही पनि थाहा छैन । पत्र लेखेको थियो, म हाजीर भएँ, मैले सम्पत्ति विवरण बुझाएको छु । तपाईहरूलाई नै थाहाँ छ महराको सम्पत्ति कति छ भन्ने कुरा । तपाईहरूले जनतालाई सत्य कुरा बुझाई दिनुपर्दछ । मैले बाल कल्याण उ.मा.वि.मा १२ वर्षसम्म अध्यापन गराएको थिए । १२ वर्ष पढाएको १ लाख १२ हजार तलब बुझेको रहेछु । २०४८ सालदेखि ५३ सालसम्म पनि सांसद बनेको थिए । फेरी २०६३ सालदेखि हालसम्म कुनै न कुनै पद तथा जिम्मेवारीमै छु । मैले आफैलाई पनि धेरै बुझेको छु होला भन्ने लागेको थियो तर पनि जम्मा ९७ लाख मात्रै बुझेको रहेछु । मेरो रोल्पाको पुख्र्यौली सम्पत्ति लिबाङ मेबाङमै थियो । त्यसमा पनि हाल पार्टीका साथीहरू नै बसोबास गरेका छन् । मैले प्राबिधिक शिक्षाका लागि निशुल्क जग्गा दिइसकेको छु । हाम्रो खेत थियो, त्यही खेत बेचेका थियौं । दुइभाई छोराहरू एटम र राहुल दुवै जनमुक्ति सेनामा कार्यरत थिए । अवकाशमा आउँदा बेलामा ५÷६ लाख लिएर आएका थिए । सबै गरी ३० लाख दाङको गैरा गाउँमा घर छ । हामी सबै परिवाहरू त्यही नै बस्दछौँ । तर, हाम्रो गैरागाउँको घरको कुनै चर्चा भएन छैन पनि । तर दाङको ज्योतिबस्त्रालयको चर्चा छ । जो मलाई अन्याय हुन्छ । किन कि मेरो ज्योतिबस्त्रालयसँग कुनै सम्बन्ध नै छ । मलाई अख्तियारले पत्रचार मात्रै गरेको थियो । सम्पत्ति विवरण बुझाएको छु । अर्काे कुरा के सत्य हो भने जति बेला तत्कालीन विद्रोही हाम्रो पार्टी भर्खरै शान्तिप्रक्रियमा गएको थियो । बार्ता सम्वादको जिम्मेवारी मलाई नै थियो । जनमुक्ति सेना क्यान्टोनमेन्टमा थियो । जनमुक्ति सेनाको शिविर व्यवस्थापन समिति पनि बनेको थिएन । सबै पार्टीका नेताहरूले शिविर व्यवस्थापनका लागि २०६३ साल मंसिरदेखि चैत्रसम्म करिव ५ महिनासम्ममो ३१ हजार जनमुक्ति सेनाको व्यवस्थापनका लागि ४६ करोड रुपैया बुझेको थिए । त्यो पनि तत्कालीन सरकारको अनुरोधमा बुझेको थिए । त्यो महालेखा परीक्षक सबैले हिसाव हेरीसकेको अवस्था हो । एउटै व्यक्तिको नाममा ४६ करोड रुपैया निकास किन गरियो भन्ने मात्रै हो । अन्य केही पनि होइन । तपाईहरुले के बुझ्नुहोस भने यो राजनीतिक लडाई हो । हामीलाई यतिबेला राजनीतिक प्रहार गरेर हाम्रो जो छवी छ त्यसमा अवरोध गर्ने नै हो । यसको हल समाधान राजनीतिक तहबाटै गरिनुपर्दछ । हामी गरि नै रहेका छाँै । यसैबीच अन्तरवार्ता सार्वजनिक भएपछि रोल्पाली एक एमाओवादी नेताले महराको यी कुरा सार्वजनिक भएपछि धेरै रोल्पालीले जिब्रो टोक्दै आश्चर्य व्यक्त गरेको टिप्पणी गरे । पहिला महराकै निकट रहेका ति नेताले ब्यंग्य गर्दै भने, ‘अब सबै रोल्पालीले धनी हुन महराकै बाटो बाटो अबलम्बन गर्दा राम्रो हुन्छ ।’ - 

taraniraula · Feb 4, 2016 2:13 PM · 10,468 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all