५० अर्ब लागतमा काठमाडौंमा चाइना टाउन बनाउन चीनको प्रस्ताव - See more at: http://kantipath.com/np/?p=31362#sthash.Lwqw1ERp.dpuf

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं-चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैयाँ (३ बिलियन युआन) लगानीमा ‘चाइन टाउन’ निर्माणका लागि अनुमति मागेको छ। सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको हो। सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको हो । करिब ४९ अर्ब ९५ करोड नेपाली रुपैयाँ खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ । परियोजना सुरु गर्नुअघि दुवै देशबीच आधिकारिक सहयोग सम्झौता हुनुपर्ने प्रस्तावमा भनिएको छ । जग्गा छनोट, चिनियाँ फ्याक्ट्री को–अपरेसन सम्झौता लगायत प्राविधिक काम गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । - See more at: http://kantipath.com/np/?p=313...

Arjun Pathak · Feb 4, 2016 4:00 AM · 7,671 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all