निर्दोश बालकलाई के थाहा कि पारस उसको बुबा होइन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सनसनीपूर्ण खबर : पूर्व युवाराज पारसकी थाई प्रेमिका कन्निकाको छोराले ‘बुबा’ भन्दै यसरी खोज्यो पारसलाई काठमाडौं – पूर्व युवराज पारस शाहको प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसानले आफ्नो छोराले पूर्व युवराजलाई अझै ‘बुवा’ भन्दै खोज्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो एक आठ वर्षको छोरा रहेको र उसले आजभोली ‘बुवा खै?’ भन्दै पारस शाहलाई खोज्ने गरेको बताएकी छिन् ।  यद्यपि, पारस शाह भने कन्निकाको छारोको पिता भने होइनन् । उनी लेख्छिन्, ‘मेरो छोरा युनिभर्स मात्र ३ महिनाको हुँदा मैले मेरो पूर्व पतिलाई छाडेको थिएँ । आज ऊ आठ वर्षको भएको छ । उसले आफ्नो बुवालाई कहिले पनि देख्न पाएन । उसको लागि पारसनै पिता हो ।’ पूर्व युवराज पारस भने यतिबेला नेपालमा रहेका छन् ।  फेसबुकमा उनले भनेकी छन्, ‘छोरा युनिभर्सले तपाई किन नेपाल जानुहुन्न भनेर प्रश्न गर्यो । यदी नेपालमा मेरो बुवा छन् भने म मेरो बुवासँगै बस्न चाहान्छु भन्दै प्रश्न गर्छ ।’ तर आफूले छोरालाई ‘तिम्रो आमा र बाबु मै हो भनेर भनेर’ जवाफ दिएको उनले फेसबुकमा लेखेकी छन् ।  पारस शाह थाइल्याण्डमा बस्दा उनीहरुबीच सँगै बस्थे भने उनलाई हृदयघात हुँदा कन्निकाले नै हेरचाह गरेकी थिइन् । पारस शाह नेपाल फर्किएपछि भने उनीसँग सम्बन्धमा नरहेको बताइएको थियो । नेपाल फर्किएसँगै उनीहरुबीचको सम्बन्ध टुंगिएको भन्ने अड्कल काटिएको छ ।  श्रोत : रातो पाटी

cybernepali · Feb 3, 2016 10:57 AM · 18,284 views

4 Replies

You did not find anything to paste ? Is this going to affect Nepali ? FYS . नजाने गाउको बाटै नसोध :  Last edited: 03-Feb-16 02:46 PM

magorkhe1 · Feb 3, 2016 11:18 AM

Question ko hota tyo sisu ko pitah

intelligentguy · Feb 3, 2016 2:17 PM

I'm still confused ke tyo nani ko buba sarkar maharaj hota

intelligentguy · Feb 4, 2016 1:54 AM

If he is not may be prachande ???

magorkhe1 · Feb 7, 2016 7:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all