खै हाम्रा साझा का पशु अधिकार बाधी मित्र बन्धु हरु ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्रो दशैं मा खसी बोका काट्दा , गडी माइ को मन्दिर मा बलि चडाउदा येहा नेपाली मनास्थिथि , संस्कृति लै गालि गर्ने को लर्को लाग्थो त !! यो बारे त आइले सम्म कसैले आवाज निकालेको सुनिएन त !!! साँढेको सिङमा आगो लगाउने डरलाग्दो पर्व स्पेन यस्तो देश हो जसको राष्ट्रिय खेल नै साँढे जुधाउने खेल हो । यहाँ साँढे जुधाउने देखि लिएर साँढे दौडाउने, साँढेलाई ढुंगाल हानेर मार्ने लगायतका खेल पनि हुन्छन् । जनावर अधिकारवादीहरुको विरोधका बाबजुत स्पेनीहरुले साँढे खेलका विभिन्न रुपहरुलाई निरन्तरता दिँदै आएका छन् र हरेक वर्ष यस्ता परम्परागत पर्वमा कैयौँ साँढेहरुले ज्यान समेत गुमाउने गरेका छन् । साँढेकै दुरुपयोग गरिने अर्को खेल पनि छ स्पेनमा । जहाँ साँढेको सिङमा आगो लगाएर छाडिन्छ । यो बेला क्रुरताको हद पार गर्छन् मानिसहरुले । कोरेबोस नामको उक्त पर्वका बेला साँढेको सिङमा तेलमा चोपिएको कपडा बेर्ने र त्यसमा आगो लगाएर साँढेलाई छाडिदिने गरिन्छ । गत वर्ष क्याटेलोनियाको उत्तर पूर्वी क्षेत्रमा मनाइएको यो पर्वका दौरान साँढेमाथि गरिएको अत्याचारको एक्स्क्लुसिभ फुटेज एक जनावर अधिकारवादी संस्थाले सार्वजनिक गरेको छ । जहाँ साँढेमाथि मानिसहरुले क्रुर यातना दिएका छन् । साँढेको सिङमा आगो लगाएर उसलाई तड्पाइएको छ र छाडिएको छ । यो क्रुर तथा दर्दनाक पर्वमा बुढादेखि बच्चा सम्म सहभागी हुने गरेका छन् । Source : http://www.onlinekhabar.com/20...

facebook · Feb 3, 2016 1:56 AM · 1,790 views

1 Reply

That did not happen in Nepal as well that country is either Christian or Islam. we are very occupied and we are not commenting either. And we act like Bheda most of the time, Bheda leader is not leading to raise voice against it.

magorkhe1 · Feb 3, 2016 12:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all