रोजगारीका लागि इजरायल जान छनौटमा परेका निवेदकको परीक्षा आउँदो मंगलबार हुने भएको छ । केयर गिभरको काममा इजरायल सरकारको छनौटमा परेका एक सय जना परीक्षामा सहभागि हुन पाउने छन् । भाषा परीक्षाका लागि दरखास्त दिएकामध्ये १ सय ३९ जना छनौट गरेर पठाइएकोमा इजरायल सरकारले एक सय जना छनौट गरेको हो । परीक्षा मनमोहन मेमोरियल कलेज सोह्रखुट्टे काठमाडौंमा दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षा स्वच्छ, पारदर्शी एवं निष्पक्ष हुने भएकोले कुनै पनि असान्दर्भिक, व्यक्ति, संस्था वा निकायसँग भर नपर्न र आर्थिक कारोवार नगर्न विभागले जानकारी गराएको छ । परीक्षार्थीले राहदानी तथा नागरिकता प्रमाणपत्रको सक्कलै प्रति लिएर दिनको १२ बजे परीक्षा केन्द्रमा पुग्नुपर्ने छ । परीक्षाबाट पहिलो चरणमा इजरायल जाने ६० जना कामदार छनौट गरिने छ ।E
clubmanhattan · Jan 29, 2016 2:26 PM · 7,868 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion