नेपालको संविधान निर्माणमा असन्तुष्टी राखेको दक्षिणी छिमेकी भारतलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचारित एमाले अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्ष तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कठोर जवाफ दिएका छन् । नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी) ले सैनिकमञ्चमा आव्हान गरेको विशेष खुशीयालीसभामा बोल्दै नेताहरुले यस्तो टिप्पणी गरेका हुन् । नेपालमा संविधान जारी भएकै केही घण्टा नवित्दै आइतवार साँझ भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दे तराई–मधेशमा जारी हिंसा र मधेशवादी दलहरु संविधान निर्माणमा नसमेटिएकोमा असन्तुष्टि जनाएको थियो । आफ्ना विशेष दूत नेपाल पठाउँदा समेत यहाँका राजनीतिक दलले नटेरेपछि विदेश मन्त्रालयले विज्ञप्ति मार्फत असन्तुष्टि पोखेको थियो । भारतीय प्रधानमन्त्रीका विषेश दूतका रुपमा काठमाडौं आएका विदेश सचिव एस जयशंकर शुक्रवार आएर शनिवार फर्केका थिए ।उनी फर्केको अर्कोदिन नेपालको संविधान २०७२ जारी भएको थियो । सैनिकमञ्चबाट ओलीले यस्तो दिए भारतलाई जवाफ हाम्रा छिमेकी मित्र राष्ट्रहरूलाई भन्न चाहन्छु– हामी स्वभिमानी नेपाली आफ्नो देशको सर्वोच्चता, स्वतन्त्रता, भौगोलिक अखण्डता, हाम्रो स्वाभिमान कायम राखेर सबै विदेशी मित्रहरूसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौँ । हामी कसैसँग मित्रता नगर्ने सोच्न सक्दैनौँ । हामी सबैका मित्र हौं । छिमेकी राष्ट्रहरूका त मित्र छँदै छौं । हामी उहाँहरूविरुद्ध सोच्न पनि सक्दैनौँ । हामी उहाँहरूसँग मिलेर देशलाई अगाडि बढाउन चाहन्छौँ । हाम्रा प्राकृतिक साधन–स्रोत तिनको संयुक्त रूपले उपयोग गर्न सकिन्छ । हाम्रो दुई पक्षीय, तीन पक्षीय हिसाबले स्रोतहरूको उपयोग गर्ने । आजको जमानमा विकासको प्रश्नमा नेपाल पछि रहन सक्दैन । त्यसलाई हामी अगाडि बढाउन चाहन्छौं । संविधान बनाउन ढिला गरे भन्ने आवाज नआएको होइन । तर, संविधान बनाउन ढिलो गर्दागर्दा आठ वर्ष भइसक्यो । नेपाली जनताले संविधान चाहेको ७० वर्ष हुन लाग्यो । नेपाली जनताले संविधान बनाउन हतार गरेको होइन, अघिल्लो संविधानसभा फेल भइसक्यो । फेरि पनि संक्रमणकाल जारी राख्ने, विकासतिर नलाग्ने यो कुरा हुन सक्दैन्थ्यो । त्यसकारण हामी संविधान जारी गरेका छौँ । एकताबद्ध भएर, देश विकासको बाटोमा लाग्नेछौँ ।
clubmanhattan · Jan 27, 2016 3:08 PM · 8,986 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion