स्याबास किशाेरहरू, तिमीहरूले खुशी फुलाई दियाै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ढाकामा जसरी नेपाली किशाेरहरूले खेले र चन्द्र सूर्य अंकित झण्डा फहराए । त्याे क्षणकाे साक्षी बस्दा मन नै भारी भएर अायाे । मनमनै साेचे यदि म्याच फिक्सिंग नभएकाे भए अनि गणेश थापाकाे फाैबन्जारीबाट नेपाली फुटबल पहिलै मुक्त भएकाे भए नेपालका पक्षमा कति धेरै जीत अाइसक्ने रहेछ । याे २३ वर्ष नेपाली फुटबलबाट लुट्ने कमल थापा र उनका हनुमानहरू यतिबेला के गर्दै हाेलान् ? मनमा लाख टक्काकाे प्रश्न खेलिरह्याे । स्यावास, नेपाली किशाेरहरू, धेरैपछि तिमीहरूले नेपालका लागि यति ठूलाे खुशी दियाैं । थाहा छ , तिमीहरूलाई यस्ताे अवसर २३ वर्षयता नेपाललाई प्राप्त भएकाे थिएन । जतिबेला तिमीहरू काेही पनि याे संसारमा अाएकै थिएनाै । हामीले तिमीहरूलाई एउटा जीतका लागि तिमीहरूकाे जन्मदेखि अहिलेसम्मकाे समय कुर्याै । यसरी सम्झदा, अाजकाे जीत कति महत्वपूर्णकाे छ । तिमीहरूकाे भलाे हाेस्, नेपाल र नेपालीलाइ यसरी खुशी दिइरहन सक । लाख लाख बधाई अनि शुभकामना ।

taraniraula · Jan 26, 2016 5:34 PM · 9,739 views

1 Reply

स्याबास तारा निरौला साझा मा आएर अर्को एउटा बिना अर्थ को धागो खोल्दिस ।

facebook · Jan 26, 2016 5:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all