नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेशको माग छिटै पूरा नभए आन्दोलन विखण्डनकारीको हातमा जाने बताएका छन् । नेपाली कांग्रेस बुटवलले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले उग्र राष्ट्रवादका नाममा मधेश समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले काठमाडौमा उग्रराष्ट्रबाद र मधेसमा उग्र मधेसबादको नारा लाग्न थालेको भन्दै समयमै समस्या समाधान नगरे काठमाडौं र मधेशको दुरी झन् टाढिने बताए । मधेश समस्यालाइ हल्का ढंगले नहेर्न नेता कोइरालाले सरकारलाई चेतावनी दिए। उनले सरकारले हाँसो मजाकमै सय दिन बिताएको टिप्पणी गर्र्दै जनताका समस्याप्रति गम्भीर हुन सुझाव दिए । ‘मधेसीहरू नेपाली नै हुन , मधेसी नागरिकहरूमा पनि हिमाल–पहाडका जनताहरूमा जत्तिकै राष्ट्रियताको भावना छ’–कोइरालाले भने ।उनले काठमाडौमा उग्रराष्ट्रबाद र मधेसमा उग्र मधेसबादको नारा लाग्न थालेको पनि उल्लेख गरे । तराइको समस्या समाधानका लागि प्रमूख राजनैतिक दलहरूले तत्कालै संबेदनशिल नभए मधेस बिखण्डनकारीको हातमा जाने खतरा समेत औंल्याए । वर्तमान सरकार प्रति संकेत गर्दै कोईरालाले भने–‘ यो सरकार विधि ऐन नियम मिचेर जम्बो मन्त्रि मण्डल बनाएको छ, ६–६ जना उपप्रधानमन्त्रि बनाएर आफ्नै बोझ बोक्न नसक्ने अवस्थामा पुगेकाले आफै ढल्छ ।’ नेपाली कांग्रेसको तेह्रौ महाधिवेसन भागबण्डाको नभई एकताको महाधिवेसन गराउन कार्यकर्तालाई निर्देशन दिदै उनले भने—‘ नेपाली कांग्रेस शुसिल र शेरबहादुरमा बांडिएको छ, कार्यकर्ताले एकता चाहे पनि नेताहरुले नै गुटबन्दि गराउदै हिडेका छन,यस्तो परिपाटिले पार्टिको भलो नगर्ने हुदा आशन्न अधिवेसनमा हाम्रो नभई राम्रो व्यक्ति चयन गर्नसक्नु पर्दछ ।’ नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाबुराम राना, गोविन्द भट्टराई, प्रदिप पौडेल लगाएतले बोल्दै कांग्रेस मुलुककै ठूलो र जिम्मेवार पार्टि भएकाले वर्तमान संविधान अनुसार मुलुकलाई हाक्न सक्ने नीति नियम बनाई आशन्न महाधिवेसनमा कुशल नेतृत्व चयन गरि अगाडि बढ्न आवश्यक रहेको सुझाव दिएका थिए । - See more at: http://www.lumbinitimes.com/ne...
winnerteam · Jan 20, 2016 12:21 PM · 12,831 views
https://www.youtube.com/watch?... Khai na pai aandolan ma lai.
KhaliSisiPuranoBottl · Jan 20, 2016 1:04 PM
khate. deshdrohi indian sala.
Bisteebista · Jan 20, 2016 1:45 PM
Yeslai India firta patayedeu
microbiology · Jan 21, 2016 5:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion