नेपालको आपूर्ति मन्त्रालयले कालो बजारिहरुलाई प्राथमिकता - भएको पेट्रोल बेच्न नदिदा ट्यांकरहरु दिपोमै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसरि खुल्लम खुल्ला नेपाल सरकारकै मिलोमतोमा कालोबजारियाहरुको संरक्षण र प्रोत्साहन हुदैछ | नेपाली जनताले यस्ता देश द्रोहीहरुलाई सडकमा ल्याएर यिनीहरुको दायित्व नसम्झाएसम्म यी भ्रस्टाचारीहरुले जनताको शोषण नै गर्दै बस्ने छन् | पेट्रोल आइसकेको छ | नेपाल आयल निगमको डिपोहरु भरेर ट्यांकरहरु अनलोड गर्न पाएका छैनन् | तर पेट्रोल पम्पहरुमा पेट्रोल पुराइ बेच्ने अनुमति पाएका छैनन | -------------------------------------- ४ माघ, काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोको पेट्रोल भण्डार भरिएपछि अाइतबारदेखि अाएकाे तेल ट्यांकरमै  थन्किएको छ । थानकोट डिपोमा रहेका १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोलको ट्यांकीहरु भरिएका हुन् । पछिल्ला दिनमा भारतबाट आउने पेट्रोलको परिमाण बढ्दै गएपनि निजी सवारीलाई नदिइ भण्डारण गरेर राखिएका कारण डिपोको भण्डार भरिएको हो । उपभोक्ताले कालोबजारीको मंहगो तेल किनिरहेका बेला आयल निगमको डिपो भने भरिएको छ । भारतबाट आएको पेट्रोल डिपोमा राख्ने ठाउँ नभएपछि १० वटा ट्यांकर अनलोड नगरी डिपो परिसरमै राखिएको डिपो प्रमुख जगन्नाथ घिमिरले अनलाइनखबरलाई जानकारी दिए । ‘२५ वटा ट्यांकरमा पेट्रोल काठमाडौं आउँदैछ । अहिले पनि १० वटा जतिको तेल खन्याउन पाइएको छैन’  घिमिरेले भने । त्यसैकारण बुधबारदेखि तीन दिन निजी मोटरसाइकललाई तेल दिने निर्णय भएको उनले बताए । अब ट्याक्सीले पनि सातामा दुई पटक पेट्रोल भर्न पाउनेछन् । घिमिरेले अब काठमाडौंमा निजी मोटरसाइकलाई तेल दिन डिपोको भण्डारमा रहेको तेल चलाउनै नपर्ने बताए । ‘अनलोड नभएका र आउँदै गरेका ट्यांकरको तेलले नै ३ दिन मोटरसाइकललाई बाँड्न पुग्छ’ घिमिरले भने-‘अब विस्तारै आपूर्ति सहज भएपछि बजारमा पठाउने पेट्रोलको मात्रा बढाउन सकिन्छ ।’ - See more at: http://www.onlinekhabar.com/20...

shahi baba · Jan 18, 2016 10:14 AM · 6,790 views

1 Reply

फोटो :फाइल फोटो   काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोको ट्यांकी भरिएपछि ११ वटा ट्यांकरले  सोमबार पेट्रोलियम खन्याउन पाएनन् ।   उपभोक्ताले पेट्रोलियम नपाएर हाहाकार भइरहेका बेला नेपाल आयल निगमको लापरबाहीले ट्यांकरले इन्धन खन्याउन नपाएका हुन् ।  थानकोटस्थित डिपो भरिएपछि सोमबार आएका ११ वटा ट्यांकरको इन्धन सिधै पेट्रोल पम्पलाई बितरण गरिने भएको छ ।  यसैबीच आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियमको मौजदात हेरेर वितरण प्रणालीलाई तत्काल सहज पार्न निर्देशन दिएका छन् ।  मंगलबार मोटरसाइकललाई इन्धन दिइने  निगमले मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई इन्धन बितरण गर्ने योजना बनाएको छ ।  सोही योजनालाई कार्यान्वयनमा ल्याउन थानकोटको डिपोको क्षमताभन्दा बढी आएको इन्धन प्रयोग गरिनेछ ।  निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार थानकोटको डिपो अहिले पूर्णरुपमा भरिएको अवस्थामा छ ।  सोमबार आएको ११ ट्यांकरको इन्धन उक्त डिपोमा राख्न सक्ने अवस्था नभएकाले उक्त परिमाणको इन्धन मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई बितरण गरिनेछ ।  थानकोट डिपोमा अहिले करिब ५० लाख ७० तेल भण्डारण गरिएको छ । थानकोट डिपोको क्षमता १९ लाख लिटर छ ।  लट संख्याका आधारमा निगमले सोमबार, बुधबार र शुक्रबार पाँच लिटरका दरले इन्धन दिने भएको छ ।त्यसैगरी साताको दुई पटक मंगलबार र बिहीबार जोर बिजोरको आधारमा १० लिटरका दरले निजीक्षेत्रका ट्याक्सीलाई पेट्रोल बितरण गर्ने योजना पनि निगमले तयार पारेको छ । - See more at: http://www.annapurnapost.com/N...

cybernepali · Jan 18, 2016 1:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all