महतो लाई धोति लगाएर भारतीय रास्ट्रपति संग भेट्न दिएन आखिर मा महतो को धोति प्रतिको गौरब भारतीय हरु ले तोडी छोडे मैले यो पोस्ट गरेर धोति लगाउने हरु प्रति अपमान गर्न खोजे को होइन तर धोति संग आफ्नो पहिचान जोडेर समाज मा बिभाजन ल्याउन खोज्ने हरु लाई जबाफ दिन खोजे मात्र हो. लुगा भने को समाज बिकाश को क्रममा कुन समाज ले आर्थिक, भौगोलिक र तेस्बेलाको बिकाश को क्रम मा निर्धारण गरेको हुन्छ. अबुझ हरुले तेसै लाई आफ्नो पहिचान बनाएर समाज मा झगडा गर्छन. कुनै जमाना मा प्रयोग सुरु गरिएको पहिरन समाज को बिकाश, आर्थिक स्थिति र मानसिकता मा परिबर्तन संगै परिबर्तन हुन्छ, हुनुपर्छ. समाज को बिकाश संगै परिबर्तन हुन चाहने तर सताब्दी भन्दा पनि पुरानो ड्रेस कोड लाई आफ्नो पहिचान बनाउनु भनेको परिबर्तन हुन नाच्नु हो, झगडा गर्ने निउ खोज्नु मात्र हो, येसो भन्दै मा धोति (लुगा) प्रति गृहन गरेको होइन. त्यो त अब एकदेश को पहिरन भै सक्यो. तेस्मा अल्झेर झगडा गर्ने बेला छैन धोति प्रति गर्ब गर्ने, तेसै को लागि नेपाल मा झगडा फैलाउने राजेन्द्र महतो ले भारत मा भने रास्ट्रपति लाई भेट्दा धोति मै भेट्छु भन्ने अडान लिन सकेन छन् . महतो जी को धोति प्रति को प्रेम को धोति तेही फुस्कियो. धोति प्रति गौरब गरि तेसै लाई आफ्नो पहिचान भन्ने मधेसी दाजु भाई ले अब महतो जी संग प्रस्न गर्ने बेला आएको छ "तपाइको धोति प्रति को प्रेम के भयो ? भनेर खाली नेपाल मा धोति धोति भनेर झगडा गर्ने तर भारतीय राष्ट्रपति लाई भेट्दा धोति फुकाल्ने ? औपचारिक पोशाक भारत मा पनि धोति होइन, तर महतो जी हरु नेपाल मा धोति लाई औपचारिक पोसाक बनौन खोज्नु हुन्छ . आफु काठमाडौँ मा बस्नु हुन्छ टन्न सम्पति काठमाडौँ मा जोड्नु हुन्छ मधेसी लाई बेबकुफ बनाउन, मदेश मा आन्दोलन को नाटक गर्नु हुन्छ. महतो जी अब नेपाल को राष्ट्रपति लाई भेट्दा औपचारिक पोशाक लगाउन हुन्छ कि धोति ? कि भारत मा धोति फुकाल्दा तपाई को पहिचान गुम्दैना तर नेपाल मा राष्ट्रपति लाई भेट्दा औपचारिक पोशाक नलगाउने ? तपाई को नेपाल प्रति को राष्ट्र प्रेम को धोति कहाँ फुस्किन्छ ? यो फोटो हेरे पछि मलाई थाहा भयो किन मानिश हरु ले "one picture is worth १००० वोर्ड्स" भनेको भारतीय हरुले बडो चलाखी पुर्बक तपाइको धोति प्रेम को धोति फुस्काई दिए. Last edited: 17-Jan-16 06:30 AM Last edited: 17-Jan-16 06:31 AM Last edited: 17-Jan-16 06:32 AM
_____ · Jan 17, 2016 6:21 AM · 2,524 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion