लागु औषध तस्करी मुद्दामा जेल सजाय भोगीरहेको अवस्थामा मेक्सीकोको अत्यन्त कडा सुरक्षा घेराको जेलबाट दुई पटक फरार हुन गई हालै मात्र फेरी पक्राउ हुन पुगेका, बिश्वकै सर्वाधीक धनाढ्य मध्येमा गनिएका, बिश्व बिख्यात लागु औषध डन एल चापो यसपाली भने fashion celebrity / trend-setter बन्न पुगेका छन् । यस पटक पक्राउ पर्न अगी फरार अवस्थामा एल चापोले लगाएको सैलीको लुगा नक्कल गरी लस एन्जलस सहरमा रहेको बारबास (barabasmen.com) नामक पहिरन कम्पनीले बजारमा ल्याए पछी एल चापो सैलीको लुगा किन्नेको ओइरो लागेको छ । बिक़ेताका अनुसार उक्त सैलीको लुगालाई, "...Shirt is definitely one to wear on a night on the town." भनी बर्णन गर्दै प्रचार प्रसार गरिएको छ । प्रती गोटा 128 US $ मुल्य तोकीएको एल चापो सैलीको लुगा अनलाईन किन्नेको घुईचोको कारण भार थेग्न नसकी त्यस लुगा बिक़ेताको वेबसाईट पटक पटक बिग़न गएको थियो । सामान्य भन्दा महङ्गो मुल्य तोकीएको भएपनी आपुर्ती भन्दा माग ज्यादै बडी भएपछी एल चापो सैलीको उक्त लुगा हाल back-order मा छ । यस कारण fashion पारखीहरू एल चापो सैलीको उक्त लुगा लगाई आफ्नो रौनक बडाउन केहि समय कुर्नै पर्ने देखिन्छ । Last edited: 17-Jan-16 06:12 AM Last edited: 17-Jan-16 09:32 AM
Khaobaadi · Jan 17, 2016 5:57 AM · 6,743 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion