Bishwa Bandhu Prasai 18 hrs · मकर संक्रान्ति (माघे संक्रान्ति / माघी) को नेपालीहरुमा हार्दिक शुभकामना !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

# सनातन धर्मावलम्बिहरूले प्रत्येक महिनाको पहिलो दिनलाई 'संक्रान्ति' को रुपमा धार्मिक-सांस्कृतिक कार्यहरु गरेर मनाउँछन् । संक्रान्तिको अर्थ एक ठाउँवाट अर्को ठाउँमा सर्नु हो । वर्षभरिमा राशि पनि बाह्र हुन्छन् र संक्रान्ति पनि बाह्रै हुन्छन् । त्यसमा पनि साउने संक्रान्ति (कर्कट संक्रान्ति) र माघे संक्रान्ति (मकर संक्रान्ति) विशेष पर्वको रुपमा मनाईन्छ । श्रावण संक्रान्तिका दिन देखि सूर्य दक्षिणायण तर्फ लाग्ने र माघे संक्रान्ति देखि सूर्य उत्तरायण तर्फ लाग्दछन् । सूर्य उत्तरायण भएको वेलामा हुने मृत्युलाई उत्तम मानिन्छ ।  मृत्यु शैय्यमा रहेका भीष्मले पनि उत्तरायण पर्खेको कुरा महाभारतमा उल्लेख छ । # माघे संक्रान्ति नेपालको हिमाल-तराई-पहाड सबै तिर मनाइन्छ । विदेशमा रहेका नेपालीहरूले पनि मनाउँछन् । नेपालका थारु समुदायले त माघे संक्रान्ति लाई 'माघी' पर्वको रुपमा पाँच दिन सम्म मनाउँछन् । यो उनीहरूको वर्षदिन भरिको मुख्य चाड हो । व्यक्तिगत र समुदायगत महत्वपूर्ण निर्णयहरू यहि समयमा गर्दछन् । # माघे संक्रान्तिका दिन तिर्थ स्थलहरू, नदी संगमहरू, नदी किनारहरूमा स्नान गर्ने परम्परा छ । नेपालका विभिन्न तिर्थ स्थलहरूमा यो दिन विशेष जात्रा पनि लाग्दछ । तराईवासीहरू त यसलाई 'नहान' अर्थात् नुहाउने पर्वको रुपमा पनि मनाउँछन् । यस दिन भारतको कोलकता नजिक गंगासागरमा नुहाउनाले ठूलो पुण्य प्राप्त हुने कुरा विभिन्न धर्म शास्त्रहरूमा उल्लेख छ । यस दिन गरेको दानको विशेष महत्व हुन्छ । # यस दिन विशेष गरि घिउ, चाकु, तिलको लड्डु, तरुल, खिचडी, पालुंगो, फापरको फुरौला आदि खाने प्रचलन छ । माघको जाडोमा यी वस्तुहरू खानाले शरीरको तापक्रम बढने, शरीर स्वस्थ हुने र अरुलाई खुवाए धर्म मिल्ने भनाई छ । यो दिनलाई नेवारीमा 'सह्नु' अर्थात् 'तिल संक्रान्ति' भनिन्छ । यो दिनमा तिलयुक्त जलले स्नान गर्नु, तिलको तेल शरीरमा घस्नु, पितृलाई तिलयुक्त जलले तर्पण दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानुलाई महत्वपूर्ण धार्मिक कार्य पनि मानिन्छ । हाम्रा पुराणहरू र धर्म शास्त्रहरूमा यो दिनको विशेश महत्व दर्शाईएको पाइन्छ । # मकर संक्रान्ति / माघे संक्रान्ति / माघी को उपलक्ष्यमा ओमकार परिवार भित्रका सम्पूर्ण सनातन धर्मावलम्बिहरूमा मंगलमय शुभकामना ! हाम्रो धर्म-संस्कृतिको संरक्षण गरौं । धर्मो रक्षति रक्षित: ।

clubmanhattan · Jan 15, 2016 2:27 PM · 8,717 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all