घर किन्नुअघि बजेट प्लान गर्नु राम्रो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रियलस्टेट व्यवसायी, अमेरिका । घर किन्न के के गर्नुपर्छ ? पहिला त तपाईंले आफ्नो फिनान्सियल तयार गर्नुपर्छ । तपाईं आफू मर्गेज हुनका लागि पनि तयार हुनुपर्छ । आफ्नो क्रेडिटलाई मेन्टेन गर्न सक्नुपर्छ । तपाईं आफ्नो आम्दानीको कर तिरिरहनुपर्छ । बरु पूरै परिवारको आम्दानी देखाउन सकिन्छ । जति धेरै कर तिर्यो, बैंकले त्यही अनुसार लोन दिन्छ । सबैभन्दा पहिला त तपाईंको बजेट के हो, त्यो कुरामा पहिला आफू नै क्लियर हुनुपर्छ । बजेट प्लान बनाइसकेपछि बैंकबाट मर्गेजको प्रि अप्रुबल लिन सकिन्छ । त्यस्तो अप्रुबल आफैं गएर पनि लिन सकिन्छ । ब्रोक्ररमार्फत गयो भने अझ बढी सम्भावना हुन्छ धेरै लोन पाउने । बैंक अप्रुबल आएपछि थाहा हुन्छ कि तपाईं कतिको घर लिन सक्नुहुन्छ । अरु के के कुरामा ध्यान दिनुपर्छ ? हामीले के भन्छौं भने ८० प्रतिशत बैंकले हाल्छ र २० प्रतिशत हामीले राख्ने हो । तर, वास्तवमा त्यस्तो हुँदैन । घर किन्ने बेलामा तपाईंको डाउन पेमेन्ट २० प्रतिशतभन्दा बढी नै हुन्छ । मानौं १० लाख डलरको घर किन्दै हुनुहुन्छ र बैंकले ८ लाखको अप्रुबल दिएको र म अब २ लाख डलर डाउन पेमेन्ट राखेर किन्छु भन्नुभयो भने त्यो सम्भव हुँदैन । बैंकले ८ लाख डलरको अप्रुबल दिएको छ भने त्यसको ८० प्रतिशतमात्रै बैंकले दिने हो । तपाईंले किन्दै गरेको घरको मूल्यको ३५ प्रतिशत जति आफूले डाउन पेमेन्ट गर्न सक्ने हुनुभयो भने मात्रै घर किन्नु लाग्नुपर्छ । लोकेसन बारेमा कसरी छनोट गर्ने ? आफूलाई कस्तो लोकेसन चाहिने हो भन्नेमा आफू क्लियर हुनुपर्छ । आफ्नो आवश्यकता के हो भन्ने कुराले लोकेसन छनोट गर्न सजिलो हुन्छ । घर किन किन्ने हो भने थाहा भएपछि लोकेसन हेर्नु राम्रो हुन्छ । घर बस्नका लागि मात्रै कि अरु प्रयोजनका लागि हो भन्ने आफू क्लियर हुनुपर्छ । त्यसै अनुसार रेसिडेन्सियल र नन रेसिडेन्सियल लोकेसन हेर्नुपर्छ ?

taraniraula · Jan 14, 2016 6:10 PM · 10,952 views

6 Replies

ए हो र ? यहाँ लाइ डिभी परेर आउनु भाको जस्तो छ नि !

Hussain_khan · Jan 14, 2016 6:29 PM

कस्तो अत्तेंशन व्होर जठो रहेछ

urban khasi · Jan 14, 2016 8:01 PM

हैन होला. बजेट नगरी किन्या राम्रो होला. एस्तो सल्लाह चै real estate expert ले नै दिएको राम्रो. २०% भन्दा कममा पनि mortgage लिन मिल्छ. जम्बो लोन हैन भने ५% सम्म तिर्न मिल्छ, तपाइको क्रेडिट र mortgage को नियम मिल्यो भने.

BadhiJanne · Jan 15, 2016 10:02 AM

I don't know the level of knowledge this thread creator has. Many people including me had bought house with 5% down payment in FHA loan.

NepaliBudho · Jan 15, 2016 10:07 AM

It's just a copy and paste and new in sajha. What happen to whiteboi or divorceguy, back to Nepal or mamaghar ? Not seen his YouTube post on white chicks.

magorkhe1 · Jan 15, 2016 2:37 PM

Tyo Mula ko 10 wota kuraa sunnu napareko aanaada laagi raa chha

Laalmon · Jan 15, 2016 4:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all