विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ। उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ। काठमाडौं टोखा, ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छ। नाकाबन्दीले ग्यास अभाव हुदाँ पनि दाउरा बालेर भएपनि चाकु बनाइएको छ। १० वर्षदेखि ललितपुरको ओमबहालमा चाकु बनाउँदै आएका ७० वर्षीय अमलाल श्रेष्ठले ग्यास अभावमा चाकु बनाउन यस पटक निकै गाह्रो भएको बताए। पुस्तौदेखि पेशा धान्न दाउरामै भएपनि चाकु बनाएको उनले बताए। राजा महेन्द्रको पालामा आफूहरुले नै चाकु बनाएर लैजाने गरेको उनले अनुभव सुनाए। राजा महेन्द्रले पनि आफूहरुले बनाएको चाकु मनपराउने र मगाउने गरेको उनले बताए। हरेक दिन १ सय २५ किलो सखरको १ सय केजी चाकु बनाउने गरेको उनले बताए। जाडोमा चाकु खाए गर्मी पैदा गर्ने उनले बताए। सखरलाई करिव एक घण्टा पकाइसकेपछि भाँडोवाट निकालेर चिस्याउनुपर्ने उनले बताए। चिसो पारेपछि कालो रंगको पाकेको झोललाइ ढुंगाले कुटसिकेपछि पहेँलो रंगकोे बनाइन्छ। पहेँलो नभएसम्म फिटिन्छ। फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।
clubmanhattan · Jan 14, 2016 12:29 PM · 5,796 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion