बिख्यात रक गायक देविड बोव्यी बौद्द भिक्षु बन्ने तरखरमा थिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरो सन् 1960 दशकको हो । चिनले तिब्बतमा अतिक़मन गरी अनगीन्ती तिब्बती बौद्द भिक्षु तथा धर्म गुरूहरूलाई तिब्बतबाट पलायन हुन बाध्य पारेपछी एक बौद्द भिक्षु तिब्बतबाट भागी सम्युक्त अधिराज्य स्थीत लन्डन सहरमा शरणार्थीका रूपमा बसोबास गर्दै बौद्द धर्मको शिक्षकको रूपमा काम थाले । ती बौद्द भिक्षु थिए लामा छिमे रिम्पोछे । त्यसै बखत देबिड जोन्स नामका एक युवक लामा छिमे रिम्पोछेले अध्यापन गराउने लन्डन सहर स्थीत Buddhist Society of London मा हप्ताको चार पटक धाउन थाले । लामा छिमे रिम्पोछे लाई गुरू मानी देबिड जोन्स बौद्द धर्मको शिक्षा ग़हन गर्न तल्लीन भए । केहि महिनाको अध्यन पछि औपचारिक रूपमै बौद्द भिक्षु बनी बौद्द धर्मको शिक्षा ग़हन गर्न कपाल खौरिएका थिए । तर संयोगबस उनी औपचारिक रूपमा बौद्द भिक्षु बनेनन । ती देबिड जोन्स नामका युवक थिए हालैमात्र दिव्ङगत् भएका बिख्यात रक गायक देविड बोव्यी । त्यस बेलाका बोव्यीका धर्म गुरू लामा छिमे रिम्पोछेले दिव्ङगत् बोव्यी तथा उनको भेटघाटका बारेमा सम्झना गर्दै भिडीयो मार्फत बोव्यीका प्रती प्रार्थाना सन्देस जारी गरेका छन् ।

Khaobaadi · Jan 13, 2016 10:00 PM · 4,642 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all