पछिल्लो समय नेपाली अभिनेत्रीहरु गायिका बन्ने होडबाजी नै चलेको छ । अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, पुजा शर्मा, अशिष्मा नकर्मी, छुल्ठिम गुरुङ् लगायत धेरैले गीत सार्वजनिक गरिसकेका छन् । यसै होडबाजीको मौकामा बेलाबखत संन्चार माध्यम बिच रम्न निक्कै रूचाउने, चर्चा तथा बिवादमा आईरहने नेपाल प्रहरीमा सेवारत बरिष्ठ प्रहरी अधिकृत एसएसपी रमेश खरेल भने म्युजीक भिडीयो मार्फत कलाकारका रूपमा सार्वजनीक भएका छन् । अभिनेत्री प्रियंकाले हालै "स्वतन्त्र " नामाकरण गरिएको गीत सार्वजनीक गरेकी थिईन भने अशिष्माले भने "किन किन" नामको गीत ल्याएकी थिईन । "नोभेम्बर रेन" नामक चलचित्रमा सह-नायीकाका रूपमा भुमीका खेलेर अवार्ड सम्म हात पार्न सफल अभिनेत्री छुल्ठिम गुरुङ्ले भने "खसेका तारा" नामको गीत पस्केकी छिन् । अभिनेत्री रेखा थापाले भने "लालजोडी" नामको चलचित्रको गीतमा आफ्नो स्वर दिएकी छिन् । Last edited: 13-Jan-16 12:54 AM
Khaobaadi · Jan 12, 2016 10:09 PM · 2,910 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion