चर्चित लोकगीत गायिका रेखा शाह उनकी श्रीमान सहित ठगीको आरोपमा प्रहरी खोरमा परेकी छिन् । चर्को ब्याज लिएर मोटो रकम हात पार्ने दाऊमा सन्दीपराज काफ्ले नाम गरेका जुवाडेलाई शाह दम्पत्तीले क्यासिनोमा जुवा खेलाउन करिब ७३ लाख रुपैयाँ दिएका थिए । जुवा खेलाउन लगानी गरेको रकम नतिरी काफ्ले कुलेलाम् ठोकी बेपत्ता भएपछि साह दम्पत्तीले उनका बाबु सुबासराजलाई रकम तिर्न दबाब दिँदै धम्यक्याएको आरोप लागेको छ । समाचार अनुसार धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई नै धम्की दिएपछि साह दम्पत्तीलाई प्रहरीले हिरासतमा राखेको छ । ऊज्यालो अनलाईनका (ujyaaloonline) अनुसार "शाह दम्पतीले सन्दिपलाई ७३ लाख रुपैयाँ सापट दिएको र त्यसको ब्याजसमेत जोड्दा अहिले बढेर १ करोड ४६ लाख पुगेको दावी गरेका छन् ।" बजारमा कानुनी रूपमा प्रचलित भाउ-दर भन्दा अती चर्को ब्याजमा जुवाडेहरूलाई पैसा सापट दिने तथा सापट सहित ब्याज तिर्न नसकेकालाई डर, त्रास, धम्की, बल आदि प्रयोग गरी जबरजस्ती लगानी असुली गर्ने कृयाकलाप पश्चिमी मुलुकहरूमा लोन सार्कीङ ( loan sharking ) नामवाट कुख्यात छ । दर्सकमाझ अती चर्चित टेली नाटक "द सप्रयानोज" (The Sopranos) मा यस टेली नाटकका मुख्य पात्र टोनी सप्रयानो (Tony Soprano) लोन सार्कीङ संग गासीएको संगठित अपराधीक गतीबिधिका नाइकेको रूपमा प्रस्तुत भई टेलीभिजन दर्सकका मन् जित्न सफल भएका थिए । गायिका रेखा शाह पतिसहित पक्राउ - www.annapurnapost.com Last edited: 11-Jan-16 09:09 AM
Khaobaadi · Jan 11, 2016 8:18 AM · 4,115 views
प्रहरीले यस घटनालाई निकै चासो लिएर छानविन सुरू गरेको छानविनमा संम्लग्न एक उच्च पदस्त प्रहरी अधिकृतले बताएका छन् ।
Khaobaadi · Jan 12, 2016 10:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion