घरमा पसेको चितुवा यसरी समातियो (फोटो फिचरसहित) २५ पुस, काठमाडौं । शनिबार मध्याहृन काठमाडौं नयाँ बानेश्वरस्थित मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । बानेश्वरबाट शंखमुल जाने बाटो नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको थियो । भण्डारीको घरको तल्लो तलामा रविन चाम्लिङ भाडामा बस्थे । उनकी छोरी रुसा घाममा बसेर खाना खान लागेको बेला चितुवा घर कम्पाउण्डमा प्रवेश गरेको थियो । चितुवा देखेपछि उनी भात छाडेर भागिन् । चितुवा घर पछाडि लाग्यो । तर, केहीबेरमा नदेखेपछि चाम्लिङ बाहिर गए । करिव आधा घण्टापछि फर्किएर आउँदा चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुने र झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर चितुवा नियन्त्रणमा लिइएको छ । भिडियो - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jan 9, 2016 8:18 AM · 3,759 views
"... चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।" जंगलॉ सुबिघाजनक शौचालय पाउने कुरै भएन अनी दिसा पिसाव गर्न काठमाडौं छिरे होलान् नी । दिसा पिसाव गरिसकेपछी जंगलॉ फर्की हाल्थेलान् नी । दिसा पिसाव गर्न नी नपाउनी बिचरोलाई कस्तो सास्ती ।
Khaobaadi · Jan 9, 2016 8:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion