Power-ball Mania

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काममा जाने तयारी गर्दै थिए सेलको घन्टी बज्यो एसो हेरेको त बजैको फोन रहेछ | बजैलाई पावर्बलको चिठ्ठा किनी दिनु पर्‍यो रे भन्दै खर र छ वटा नम्बर दिन्छिन बा ! का बाट यो पावरबलको कुरा आयो भनेको त त्यो कान्छुलाई चाहियो रे? लौ देख्नु भो पावरबल्को करामत, सम्सारलाई नै था छ , ७०० मिलियन को खबर | प्रचन्डेले ३०० मिलियन डलरको हारा हारिमा लुटेको भन्दा पनि बढी चर्को हावा चलेको छ ? यो पावरबल मानिया सम्सारै छाएको छ अनि मेरो घरमा पनि छिर्यो | मेरो बच्चाले हिजै जिती सक्यो अनी उस्को जिताइ बाट सबै भन्दा पहिले अन्कललाई राम्रो रेसिडेन्टल् एरियामा धौले घर किनी दियो रे अनी २ वटा कुकुर पनि | चाडै एकल होला जस्तो छन् अनी साथ दिनलाई सबै भन्दा श्रेस्ट कुकुर नै हो | दोश्रो नम्बरमा हाम्रो मोर्गेज सबै तिरी दियो रे | तेस पछी आमालाई २ सीटे मर्सिडिज बेन्ज, प्रिपेड ग्यास कार्ड ( premium gas प्रयोग गर्नु पर्छ रे ?) अनी काममा पेड पार्कइङ | अब आयो मेरो पालो ( बाउलाई ) चाँही आफु जन्म्दा पहिलो पल्ट् चढेको १९९४ को 5 Speed Accord EX, Dark green with Spoiler पनि भएको ४-५ सय फाइन्डिङ कस्ट तिरेर किनी दियो रे अनी केही पावर टूल हरु पनि ( ३२ ग्यलन एअर सिलिन्डर ) ताकी सप्ताहन्त ठाक ठूक गरेर बिताउन सजिलो होस् | क्या माया गरेछ बाउलाई ? अनि क्या जान्ने बा | बजैलाई खनातिले जिती सक्यो, आमालाई नयाँ गाडी मलाई चै २० बर्स पुरानो गाडी किनि दियो भनेको त अनी मलाई चै के नि भनी सोधनी भयो ? बजैले सोचिन साच्चै नै जित्यो भनेर | कुरा सपार्दै सपनामा जितेको हो भने पछी म जस्ती बुढी सँग पनि ठट्टा गर्ने भनी खप्प्की दिन पछी पारीनन लप्टन्नि बजै | यो जिताइमा पावरबल 22 , बाँकी ५ वटा नम्बरमा सबै भन्दा ठुलो 77 र जोड 69 छ है | हेर्दै जाउ अरु कती फोन र टेक्स्ट आउने हुन चिठ्ठा किनी देउ भनेर ? एही नम्बर खेल्नु पर्ला ! Last edited: 08-Jan-16 08:42 PM

MaGorkhe1 · Jan 8, 2016 10:33 AM · 1,432 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all