प्रचण्डले एनसेलबाट २० अर्ब र पूर्व लडाकुको सात अर्ब सहित २७ अर्ब भ्रष्टाचार गरेको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ, २२ पुस । एकीकृत माओवादीमा रहेका नेता कायकर्ताहरु पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्तिमा लाग्न थाले पछि पार्टी नेतृत्वले गरेको भ्रष्टाचारको विषय छताछुल्ल हुन थालेको छ । यसैक्रममा एमाओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् । नयाँ शक्ति निर्माण अभियानका क्रममा सिन्धुली पुगेका श्रेष्ठले बुधबार सञ्चारकर्मीहरुसँग कुराको कुराकानीमा माओवादी लडाकुको सुविधा कटौती गरी प्रचण्डले सो रकम हिनामिना गरेको खुलासा गरेका हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेको श्रेष्ठले एमाओवादीमा हुने गरेको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको उनको आरोप छ । प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व लडाकुको सात अर्ब रुपैयाँ अनियमितता गरेको उनको दावी छ https://www.youtube.com/watch?... http://www.channelnp.com/2016/...

cybernepali · Jan 7, 2016 9:59 AM · 232,240 views

1 Reply

how many times you re-post same thing! Now you are not in the pay list of this party? लाईक गरेको संख्या 48757 " भ्रस्टाचार गरेको खुसि मा हो या यो समाचार को लागि"?  Last edited: 10-Feb-16 08:04 AM

magorkhe1 · Feb 8, 2016 1:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all