काठमाडौं, २१ पुस-सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । कानुन मिचेर नेपालमा बस्ने २७५ तथा अन्य विभिन्न फौजदारी मुद्दामा जेल परी छुटेका ६१ विदेशी निष्कासनमा परेका हुन् । पर्यटक भिसामा आएर अवैध बसाइ निष्कासनमा परेकामध्ये धेरै पर्यटक भिसामा नेपाल आई पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बस्नेहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । अध्यागमन ऐनअनुसार पर्यटक भिसा लिएर आउने विदेशीले नेपालमा एक वर्षमा बढीमा १५० दिनसम्म बस्न पाउँछन् । तर, धेरै विदेशी लुकिछिपी लामो समय बस्ने गरेका छन् । कडा सजाय नहुने भएकाले जानीजानी बस्ने धेरै छन् । एक वर्षमा निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । निष्कासित भएका ९३ मध्ये ८२ जना पाँच महिनाभन्दा बढी बसेको र ११ जना अन्य मुद्दामा पक्राउ परेर छुटेका हुन् । त्यस्तै, अमेरिकी नागरिकमध्ये ३६ जना ओभरस्टे र जेलबाट छुटेका दुईजना निष्कासनमा परेका छन् । उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अस्ट्रेलियाका १२, फ्रान्सका १२, इरानका नौ, रसियाका आठ, क्यानडाका सातजना निष्कासनमा परेका छन् । कोरिया, बेल्जियम र फिलिपिन्सका पाँच–पाँच, नेदरल्यान्ड, बेल्जियम, युक्रेनका चार–चार, श्रीलंका, स्विट्जरल्यान्ड र जर्मनीका तीन–तीन छन् । भियतनाम, पाकिस्तान, अल्जेरिया, इन्डोनेसिया, क्यामरुन, पोल्यान्ड, नाइजेरिया, जर्जिया, हङकङ, इजरायल, टर्की, ताइवान र डेनमार्कका दुई–दुई छन् । म्यानमार, ग्रिस, आइभोरी कोस्ट, मलेसिया, मेक्सिको, इजिप्ट, न्युजिल्यान्ड, माल्दिभ्स, लिथोनिया, कंगो, स्विडेन, थाइल्यान्ड, आयरल्यान्ड, स्पेन, बेलारुस, सोमालिया, स्लोभानियाका एक–एकजना छन् । ओभरस्टेको अपराधमा निष्कासन गरिएकाहरू निष्कासन गरिएको वर्षभित्र आउन पाउँदैनन् । तर, अन्य मुद्दामा जेल परेर छुटेकालाई भने १० वर्षसम्म आउन नपाउने गरी निष्कासन गरिन्छ । लागुऔषध मुद्दामा जेल परेर छुटेकालाई १० वर्ष आउन नपाउने गरी अध्यागमनले निष्कासन गर्दै आएको छ । नयाँ पत्रिकामा समाचार छ । - See more at: http://www.etajakhabar.com/%e0...
cybernepali · Jan 5, 2016 9:04 AM · 1,436 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion