नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा सच्चा राष्ट्रवादी राष्ट्र को लागि कहिले पनि हार मान्दैन उसले जहिले पनी आफ्नो जीवन अनुशासन र जिम्मेवारि को साथ निर्बाह गर्दछ। राष्ट्रवाद को नाम मा हामी कतै हराएका छौँ, कतै लड्बराए का छौँ, कतै डराएका छौँ , कतै राष्ट्रवादी श्रृङ्गार पखालिएर त जादैन ? बाहुनवाद, मधेशवाद र राष्ट्रवाद को नाम मा कतै गरिब दुखि जनता लाई भुलाउने काम त भएको छैन ? राजनीति मा Divide and rule कुनै नौलो प्रक्रिया होइन, कतै हामी Divide and rule को शिकार त भएका छैनौ ? अब देश लाई अगाडी बढाउने जीम्मा हाम्रो काँध मा आएको छ । भनिन्छ परिवर्तन को लागि एक सोच नै काफी हुन्छ । नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन । यो देश मा आर्दश बनेर अरुलाई बाटो देखाउने अगुवाहरु नै बाटो हगुवा भए। एउटा सच्चा समाज सेबी को नाता ले देश मा जे भइ रहेको छ त्यो हेर्दा छाती बेस्सरी चस्किन्छ, मन रुन्छ, सहन एकदमै गाह्रो हुन्छ । शायद मलाई मात्र दुख्दैन होला मेरो देश? आउनुस हात मा हात मिलाउ, हाम्रो देश बचाउन, हाम्रो देश को विकाश गर्न को लागि अब सुत्ने होइन उठने बेला हो, फुट्ने होइन, जुट्ने बेला हो । फोहरी मानसिकता बोकेका हरु लाई तिरस्कार, बह्रिस्कार र पराजीत गर्ने बेला आएको छ । Last edited: 03-Jan-16 10:12 AM Last edited: 03-Jan-16 12:22 PM

yadavanu · Jan 3, 2016 10:12 AM · 14,182 views

9 Replies

के हो के हो !!!

MlnNpl · Jan 3, 2016 12:11 PM

बाबूराम को जस्तो कुरा नगरनू न अनु जी ! आफ़्नै बुवा राष्ट्रपति भएको बेला मा बरू केही गर्नुभा हुँथ्यो । नेपाल मा केही गर्न कि त पावर चाहियो कि त पैसा ले किनि कार्यकर्ता चाहियो । खै आफु ले के गर्न खोजे हो बुझिन? के यो सोसियल पॉपुलैरिटी को लागी मात्रै हो कि , नयाँ शक्ति को खोज हो ??? के गर्दा ठिक हुन्छ , कसरी प्लानिंग गर्नुहुन्छ त्यों भन्नुस ! "नेपाली सबै एक हौ " यो किताबी कुरा सब लाई थाहा छ ....भनेर प्रख्यात हुनु भन्दा , गरेर प्रख्यात हुनु भए बेस हुन्थ्यो ।।।

atomic · Jan 3, 2016 9:27 PM

के कसो गर्नु पर्यो हामि तयार छौँ |

funtush · Jan 4, 2016 9:05 AM

Euta expression cha "talk the talk ... walk the walk". Nepal ma talk the talk chai sabai garchan Tara walk the walk chai kam Mai Huncha. Pheri bhannu parda Desh bikas huna Ko lagi Jaba Samma basic necessities jastai electricity, water, road etc hundaina taba Samma Desh bandaina.

Jahbless · Jan 4, 2016 9:24 AM

Is our mentality changed? Is our leaders mentality has been changed ? Yes, not in positive but other way. They love to be in the power, do not respect the constitution and supreme court could not use the power given by constitution, that is our mental status.

magorkhe1 · Jan 4, 2016 9:26 AM

मलाई मान्छेको skill भन्दा पनि दरबारको दोष होकी जस्तो लग्यो, जो दरबार छिरे पनि कबि, गएक, गीतकार सबै हुन्छन, हाम्रा पूर्व राजाहरु पनि यस्तै थीय, @vanuyadav पनि त्यो सस्कार बाट बाहिर निस्कन सक्नु भएन , जे भएपनि vanuyadav जी संग देश बनाउने , समाज सेवा गर्ने जोश जागर छ निरन्तर भै रखोश , facebook ra sajha ko website lets unite or dhoti na topi मा भन्दा पनि धुर्मुश , सुन्तली , महाबिर पुन sir ले गरेको जस्तो काम ko update धेखना पैयोस Happy new year 2016.

thukka · Jan 4, 2016 10:49 AM

सय १६ भूकम्पपीडितलाई धुर्मुस–सुन्तलीले बाँडे न्यानो कपडा 1.2KSHARES Shareon facebookShareon twitter पुस २०, २०७२- धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो दिएका छन् । अत्यधिकचिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन्  । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिकाले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो । चिसो बढेर भूकम्प पिडीतको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २०लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको एनएसटीले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिनपहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् ।    

thukka · Jan 4, 2016 10:54 AM

yadav.....just another gibberish of "lets do something", "lets get together", "lets unite" these gibberish are not going to make you a leader. Like thukka posted, if you want to impress educated population..do the work like Mahabir Pun and Dr Sanduk for one decade and you would not have to talk JUNK to gain popularity.

sidster · Jan 5, 2016 5:54 PM

Again I have nothing against miss Anu Yadav. But I believe in works than words. So please update on anything worth mentioning here rather than posting links about yourself & yours empty articles & empty ideas. People are only responding to yours just because you happened to be former president daughters. Otherwise people would better listen to Bostonboy than you . Cheers!

mangale · Jan 6, 2016 5:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all