नेपालमा नाकाबन्दी गरिरहेको भारतले नेपालको तराई–मधेसलाई ६ महिनामा अलग देश बनाउने अभियानलाई सघाइरहेको छ । डा. सीके राउतको अगुवाइमा भारतले तराई–मधेसका धेरै जिल्लामा स्वतन्त्र मधेस नामक आन्दोलन चलाइरहेको छ । तराई–मधेसका जानकारहरुका अनुसार अहिले तराईका सबैजसो जिल्लामा स्वतन्त्र मधेस आन्दोलनका नाममा सशस्त्र गतिविधिको तयारी भैरहेको छ । धेरै जिल्लाका हरेक निर्वाचन क्षेत्रमा सीके राउतको अगुवाइमा युवा दस्ता तयार पारिएको छ । राउत नेतृत्वको मधेस आजादी आन्दोलन नामक अभियानले नयाँ आन्दोलनको स्वरुपसमेत सार्वजनिक गरेको छ । अहिले चलिरहेको आन्दोलनलाई भारतले छुट्टै देशका रुपमा स्थापित गर्ने आधारका रुपमा लिएको छ । त्यसैले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई अलि लामो समयसम्म निरन्तरता दिन खोजिरहेको छ । नाकाबन्दीले राउतको उद्देश्य पूरा गर्न फाइदा पुगेको छ । भारतसँगको सल्लाहमै राउतले आइतबार आफ्नो फेसबुक पेजमार्फत नयाँ रणनीति सार्वजनिक गरेका छन् । तर, उनले सार्वजनिक गरेको विषय उनले पहिल्यैदेखि उठाउँदै आएको कुरा हो । उनले हरेक गाउँ–गाउँमा निर्वाचन गराउने र मधेस संसद्को स्थापना गर्ने, त्यसैका आधारमा मधेस सरकार घोषणा गर्ने र अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि आह्वान गर्ने योजना बनाएका छन् । यस्तो छ देश टुक्र्याउने योजना स्वतन्त्र मधेस अभियान थालेका सीके राउतले पहिलो चरणमा तराई–मधेसमा बसोबास गर्ने नागरिकलाई विभेद गरिएको भ्रम छर्नेछन् । उनले सभा, सम्मेलनमार्फत जनतालाई मधेस छुट्टै राज्य बनाउनुपर्छ भन्ने भारतीय योजनालाई अगाडि बढाउने छन् । अहिलेको आन्दोलनले पृथकतावादी आन्दोलनलाई सघाइरहेको छ । तराई–मधेसमा सीके राउतप्रतिको आकर्षण बढ्दै गएको छ । तराई–मधेसका दलहरु कमजोर भएका छन् भने मुख्य राजनीतिक दलको धरातल कमजोर बनेको छ । यो अवस्था बुझेका राउतले स्वतन्त्र मधेस आन्दोलनलाई स्थापित गर्ने अभियानमा जुटेका छन् । दोस्रो चरणमा उनले स्वतन्त्र मधेस गठबन्धन नामक अभियानमा राजनीतिक समिति बनाउने योजना छ । त्यसपछि उनले संवैधानिक सुझाव समिति गठन गर्ने जसमा पूर्वन्यायाधीशलगायत समाजका विभिन्न वर्गका प्रतिनिधिलाई सहभागी गराउने छन् । उनको योजनाअनुसार त्यसपछि पूर्वनिर्वाचन आयुक्तलगायतको नेतृत्वमा मधेस निर्वाचन आयोग गठन गरिनेछ । निर्वाचन आयोगलाई सघाउनका लागि जनशक्ति र पूर्वाधार निर्माण गर्ने उनको योजना छ । राउतले तेस्रो चरणमा मधेस सभा अर्थात् मधेस संसद्को निर्वाचन घोषणा गर्ने र ३ देखि ६ महिनाभित्र चरणबद्ध रुपमा मतदान सम्पन्न गराउने बुनेका छन् । उनको योजनाअनुसार त्यसरी गरिएको मतदानमा ५० प्रतिशतभन्दा धेरै जनताले जनमत संग्रहमा भाग लिनेछन् । नेपालमा रहने वा मधेसमा रहने भन्ने विकल्पमा उनले जनमत संग्रहको तयारी पनि गरेका छन् । त्यसरी निर्वाचनपश्चात् बन्ने सरकारलाई मधेस सरकार घोषणा गरिने र वैधानिक हिसाबले सरकार बनाइएकाले अन्तर्राष्ट्रिय समर्थन मिल्नका लागि सजिलो हुने उनको अनुमान छ । त्यसरी गरिने मतदानमा अहिले आन्दोलनरत दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ता पनि सहभागी हुने उनको विश्वास छ । अबको एक महिनाभित्र उनले यो अभियानलाई व्यावहारिकतामा लैजाने तयारी गरेका छन् । त्यसरी गरिने निर्वाचनका लागि उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग अहिले परामर्श गरिरहेको स्रोतको दाबी छ । वैधानिक हिसाबले गरिएकाले भारतलगायत विदेशी समर्थन पाएमा मधेस छुट्टै राज्य बन्ने र विखण्डनवादी आन्दोलन सफल हुने भारतको पनि विश्वास रहिआएको छ । यही अभियानमा लागेका राउतले भारतीय दूतावासको योजनामा तराईमा आफ्ना क्रियाकलाप अगाडि बढाइरहेका छन् । उनले अहिले पनि विभिन्न ठाउँमा जनमतको नाममा विखण्डनवादी अभियान चलाइरहेका छन् । मधेसी मोर्चाका नेता–कार्यकर्ताले गरेको आन्दोलनले उनलाई धेरै नै सहयोग पुगेको छ । गाउँका जान्ने–बुझ्ने आन्दोलनका लागि सदरमुकाम, राजमार्ग र सीमा नाकामा केन्द्रित भएका छन् । सुरक्षाकर्मी पनि आन्दोलनकारी जहाँ–जहाँ गएका छन, त्यहीं–त्यहीं केन्द्रित भएका छन् । यसले राउतको आन्दोलनलाई सघाइरहेको छ । त्यसमाथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बेचुँ गौडलगायत तराई–मधेसमा काम गर्ने धेरै पत्रकार पनि स्वतन्त्र देशका नाममा विखण्डनवादी आन्दोलनमा लागेका छन् । तर, उनीहरुलाई कारबाही गर्नेतिर सरकारले ध्यान दिन सकेको छैन । को हुन् राउत ? सप्तरीको महादेवा गाउँमा जन्मिएका चन्द्रकान्त राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत रहेका थिए । अमेरिकामा रहेकै अवस्थामा उनकै अध्यक्षतामा गैरआवासीय मधेसी संघ स्थापना गरिएको थियो । अमेरिकासम्म कसरी पुगे त ? पढाइमा तेज क्षमताका उनी काठमाडौंमा रहेको त्रिभुवन विश्वविद्यालयमा पढेका हुन् । इन्जिनियरिङ पढेका उनले विभिन्न सम्मान तथा विभूषणसमेत पाएका व्यक्ति हुन् । उनी पछि पढ्नका लागि जापान पुगे । सन् २००४ मा जापानबाट फर्किएपछि उनी भारतका विभिन्न धार्मिक स्थानमा भगवान खोज्न भन्दै गेरु वस्त्रसहित निस्किएका थिए । उनको आत्मकथालाई आधार मान्ने हो भने उनी जापानमा मास्टर्स सकेर बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा विद्यावारिधिका लागि पुगे । उनले त्यहींबाटै विद्यावारिधिको उपाधि प्राप्त गरे । भारत भ्रमणपछि उनले मधेसलाई छुट्टै देश बनाउने अभियान थाले । उनले झण्डा, राष्ट्रिय गानलगायत देशका लागि आवश्यक हुने सामग्री तयार गरेर मधेसवादी दलका शीर्ष नेतालाई भेट्न थाले । यही क्रममा उनी अमेरिकातर्फ लागे । सन् २००९ मा अमेरिकाको बीबीएनमा वैज्ञानिकका रुपमा उनी काम गर्न थाले । झण्डै मासिक १४ लाख नेपाली रुपैयाँ तलब पाउने उनले सन् २०११ मा जागिरबाट राजीनामा दिएर नेपाल फर्किए । नेपाल फर्किएपछि उनले मेची–महाकाली यात्रा थाले । त्यसै क्रममा उनको भारतीय नेताहरुसँग भेटघाट भयो र अहिले मधेस स्वतन्त्रताको आन्दोलनमा उनी क्रियाशील रहेका छन् । मानवअधिकारवादीको साथ विखण्डनवादी आन्दोलनको विरोधमा नेपालमा ठूलो जनमत तयार भएको छ । तराई–मधेसमा बस्ने नेपाली नागरिकले राउतको आन्दोलन रोक्न र उनलाई प्रतिबन्ध लगाउन माग गरेका छन् । बेला–बेलामा पक्राउसमेत परेका राउतलाई ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेशनलले बचाउ गरेका छन् । एम्नेष्टीको क्रियाकलापको त नेपालमा ठूलै विरोध भएको थियो । एक वर्षअघि राउतको विषयमा धारणा सार्वजनिक गरेपछि नेपाली नागरिकले एम्नेष्टीको आलोचना गर्दै राजीनामा दिएका थिए । अघिल्लो वर्ष मानवअधिकारवादी नेता कृष्ण पहाडीले एम्नेष्टीको राउत मोहका कारण नेपालमा मानवअधिकारवादी संघसंस्थाप्रतिको विश्वसनीयता नै खराब भएको भन्दै चर्को आलोचना गरेका थिए । सन् २०१४ मा एम्नेष्टीले नेपालबारे धारणा सार्वजनिक गर्दै मानवताविरोधी अभिव्यक्ति दिने राउतको पक्षमा वकालत गरेको थियो । यसले नेपालमा एम्नेष्टी बहिष्कार जस्तै बनेको छ । एम्नेष्टीका अध्यक्ष सलिल सेठ्ठी भारतीय नागरिक भएकाले उनले नै नेपालको अस्मिताविरोधी राउतको पक्षमा वकालत गरेका थिए । लामो समयदेखि एम्नेष्टीमा क्रियाशील पहाडीलगायत सबैजसोले त्यो संस्थाबाट पनि बिदाइ लिएका थिए । भारतको बैंगलोरका नागरिक सेठ्ठीले नेपालविरोधीलाई सघाएको एम्नेष्टीमा आबद्धहरुले बताएका छन् । त्यसैले पनि राउतलाई अगाडि बढाएर नेपाललाई भौगोलिक रुपले नै विभाजन गर्ने अभियानमा अप्रत्यक्ष रुपमा भारत सक्रिय भएको छ ।
taraniraula · Jan 1, 2016 11:26 AM · 13,577 views
Bhatua...sajha ma sab balatkari na ho..k bhuki ra...swasni fukne logne bhukne....yi sajha basi lai sunayera kehi hunna..sakchas bhane maidaan ma aayera bhuk ani dekhaunla talai janta le..
Highflyingeagle · Jan 2, 2016 2:26 AM
यो मुजी शिके लाई त चाकमा लौरो कोचारेर मार्नुपर्छ अनि यस्ता कुरा गर्ने हरुलाई थाहा हुन्छ कि देश को अस्तितो माथि प्रश्न उठाउने को के हालत हुन्छ भनेर. यसै पनि यो मुला ले देश टुक्राएर मदेश लाई इंडिया मा गाभे पनि तो मुला बिहारी हरुले गल्लीको कुत्ता बराबर नि बाल दिने वाला छैन भन्ने कुरा त यो मुला बिखन्डनबाद मा PHD गरेको यत्रो महान विद्वान लाई था छैन भनेर पनि कसरि भन्नु . खै किन भुकेको हो कुन्नि, तर भुक्ने कुकुरले टोक्दैन भनेर नजर आन्दाज़ चाई हाम्रो नलाएक तथा आधा दर्जन भन्दा बडी उप प्रधान मन्त्रि भएको, उखान टुक्का मा पोख्त व्यक्ति ले लिद गरेको सरकार ले नगरोस मेरो यहि आग्रह छ. आज भोलि को देशको हालतले पनि दिक्कै बनौन थालेको छ, अब यसो देशलाई मायागर्ने र सरिर मा दम भएका युवा जति विदेश मा पसिना बगौना बाध्य छ, नगएर पनि के गर्ने देश मा रोजगार छैन, आफै केहि गरेर खाने बाताबरण छैन. यहि नेपाल को कम्जोर आवस्था को फाइदा लिनको लागि भारत लागि परेको छ, अनि सिके जस्ता दलाल लाई आघि सारेर आफ्नो अभिस्ट पुरा गर्न खोज्दै छ इंडिया. I think it is a time for we all Nepalese to be united and fight for the country.
bhairas · Jan 2, 2016 9:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion