मर्निङ वाक गरिरहेका नेकपा एमाले जिल्ला कमिटी सर्लाहीका सदस्यलाई अज्ञात समुहले धारिलो हतियारले काटेर हत्या गरेका छन्। मर्निङ वाकमा निस्केका एमाले जिल्ला कमिटी सदस्य हेमपुर–७ का ६० वर्षीय रामनरेश यादवको आँखामा खुर्सानिको धुलो छर्केर मुख र घाँटीमा काटेर हत्या गरीएको प्रहरी उपरीक्षक केदार ढकालले बताए। मर्निङ वाकमा हिडेका यादवलाई घरबाट २ किलोमिटर उत्तरतर्फ सुनसान सडकमा हत्या गरिएको छ,’ ढकालले भने, ‘बिहानै सडकमा पहिला आँखामा खुर्सानिको धुलो हालेर हत्या गरिएको हो। हत्या कवसले र किन गरेको हो खुल्न सकेको छैन।’ हत्याको अनुसन्धान गर्न घटना स्थलमा जिल्ला प्रहरी, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालयको टोली पुगेको छ। तीनै टोली संयुक्त रुपमा यादवाको हत्या घटना अनुसन्धान गर्ने ढकालले बताए। हत्याको हाल सम्म कुनै ठोस प्रमण फेला नपरेकोले प्रहरी टेकनिकल र सुक्ष्म अनुसन्धानबाट अपराधीसम्म पुग्ने गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएको ढकालले बताए । ‘घटना अनुसन्धान व्यक्तिगत जीवन र राजनीतिसँग जोडिएर हुन्छ,’ उनले भने, ‘इनिसियल स्टेज हेर्दा अनुहार, मुख र घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको मात्रै खुलेको छ।’ राजनीति वा अन्य कारणले हत्या गरेको हुन सक्ने भएकोले प्रहरीले २ स्पेक्टले अनुसन्धान गर्छ। यता नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्तले यादवको हत्या राजनीनि कारणले नभइ व्यक्तिगत कारणले भएको हुन सक्ने बताए । राजनीतिक रुपले कुनै समस्या आएको थिएन, घटना स्थलमा भेटिएका पन्तले भने,‘हत्याको कारण व्यक्तिगत हुन सक्छ।’ प्रहरी अनुसन्धानले नै सत्य तथ्य आउने पन्तले बताए । यादवको हत्यापछि नेकपा एमाले जिल्ला तहका सबै कार्यकर्ता घटना स्थल पुगेका छन्।। घर परिवारमा रुवाबासी चलेको छ। सर्वसधारण असुरक्षित महशुस गरिरहेका छन्। मधेसमा जारी आन्दोलनका कारण कतिपयले यादवको हत्या आन्दोलनसँगसमेत जोडिएर विश्लेषण गरिरहेका छन्। हत्याको जिम्मेवारी हाल सम्म कसैले लिएको छैन। -
taraniraula · Dec 29, 2015 4:20 PM · 5,023 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion