पहाडमा २ kg चामलको लागि यस्तो हबिगत छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एकादेशमा एउटा जंगल थियो, उक्त जंगलमा थरिथरिका जनावर बस्थे । एक दिन जंगलको राजाको चुनाव भयो । जनावरहरुले सिंहलाई छोडेर बाँदरलाई राजा बनाएछन् । एक दिन सिंहले बाख्राको बच्चालाई उठाएर आफ्नो गुफामा लगेछ, बाख्राले पाठोलाई मुक्ति दिलाइ दिन बिन्ति गर्दै बाँदर राजा कहाँ गइन् । राजा बाँदर सिंहको गुफाको नजिक जाँदा गुफामा पाठालाई देखेछ तर भित्र गएर मुक्त गराइदिने आँट उसमा ‍आएन ।   बाँदर राजा गुफा नजिकै रहेको रुखमा चढी एउटा हाँगाबाट अर्कोमा छलाङ्ग लगाउन थाल्यो । छलाङ्ग लगाउँदा लगाउँदै धेरै दिन यसरी नै बितिसक्दा पनि आफ्नो बच्चा न फिर्ता नआएको देखेर बाख्रीले गएर सोधी, मेरो बच्चा कहिले ल्यादिनु हुन्छ सरकार ? बाख्राको प्रश्नको जवाफ दिंदै राजा बाँदरले भने मेरो दौडधूप र प्रयासमा कुनै कमि देखेकी छौ भने भन । माथिको कथा र नेपालको वर्तमान राजनीतिक परिवेश उस्तै रहेछ, हामीले सिंहलाई राजा नचुनी बाँदरलाई नेतृत्व दिंदा बाख्राकै नियति भोगीरहेका छौं ।  देश पाँच महिनादेखि ठप्प छ सरकार बाँदर जस्तै उफ्रिंदै बसेको छ ।

taraniraula · Dec 29, 2015 4:14 PM · 3,730 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all