एनआरएन उपाध्यक्ष भबन भट्टलाई ऋषि धमलाले भन्दिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(अध्यक्ष घलेको बोली एक, मनमा अनेक र मस्तिष्कमा अर्कै ब्यबहारले आजित तर अर्को कार्यकाल अध्यक्षमा सघाउने आश्वासनले मौन बसेका संघका उपाध्यक्ष भबन भट्ट घलेले अर्को कार्यकाल अध्यक्षमा सघाउछु भनेर कुमार पन्तलाई पटक पटक टेलिफोन गरेको खबरले तिन चित खाएर यसै साता काठमाडौँ हानिए ऋषि धमलासंग आफ्नो घाटाको ब्यापार कारोबारमा कारोबार गर्न) (अन्नपुर्ण कफिसपमा भबन भट्ट ऋषि धमलालाई कुर्ने क्रममा मन-मनै भन्दै थिए, 'यो संजय म भन्दा काग रेछ, कारोबार उस्कोपो कारोबार भयो, हेर बाबु अब म ऋषि धमलालाई सम्पादक बनाएर दुताबास र सत्तासंग कसरी गर्छु कारोबार हेर्दै जा) ऋषि धमला: किन झोक्राको भट्टजी, तपाइंको अध्यक्ष घलेले पनि मैले रिपोर्टस क्लब चलाको जस्तै मेरो आर्टिकल र अन्तर्वार्ता छाप्नु परेको दिन लेख्न आउने पत्रकारलाई क्लबको कोषाध्यक्ष र सदश्य मेरो काम सकिएको भोलिपल्ट नमस्ते, होइन एनआरएन अध्यक्ष घलेले लाइफ टाइम प्रेसिडेन्ट हुने चाँजो पाँजो मिलाएकी के हो ? भबन भट्ट: छोड्नुहोस एनआरएनको कुरो, ए साँची मेरो कारोबारको सम्पादक बन्नु पर्यो तपाई, त्यसै भएर बोलाको तपाइलाई । अँ साँची, तपाइंले पत्रकारिता कता पढ़ेकोरे ऋषि जी ? (घलेलाई भनेर भबनले यसो सल्लाहकार मिलाई दिने हुनकी भनेर भट्ट खोज्दै टुप्लुक्क अन्नपुर्ण आइपुगेका टीबी कार्की देखेर दुवै मौन) टीबी कार्की: हेर भबन, मैले अस्ति सुनेको ऋषिजीले नन्दी रात्रिमा पढ़ेकोरे ! ऋषि धमला: ह्या टीबी जी, तपाईं पनि खाली म्यानपावरको मात्रै कुरा बुझ्ने, पढ्ने लेख्ने कुरै नबुझ्ने, मैले अंग्रेजीपो नन्दी रात्रिमा पढ़ेको'त, पत्रकारिता'त पब्लिक युथमा पढ़ेको होनी । (पुनश्च: गैर आवासिय नेपाली संघ प्रति डाएस्पोरामा बस्ने नेपालीहरुको अघाद आस्था संघको सार्वजनिक भएको आन्तरिक बिबादले विस्तारै धुमिल बन्दै गएको छ र संघले जोडेको नेपालीहरुको विश्वव्यापी एकता टुट्दै छ । फुट, विवाद र कलह नेपाली जातिको पहिचान बन्दै गएको अवस्थामा डाएस्पोरामा बस्ने नेपालीहरुको आस्था बनेको एनआरएन जोक बन्नु नहुने हो । तर यो जोक हो र यो प्रस्तुतिमा कसैको नाम, चरित्र, घटना र पात्र मिल्न गएमा मात्र संयोग हुनेछ । यसबाट कसैलाई चोट पुगे क्षमा प्रार्थी छु ।)

taraniraula · Dec 29, 2015 4:12 PM · 4,560 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all