प्रवासमा "आईडेन्टिटी क्राईसीस"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

निष्ठाले समाजमा काम गर्नेको लागि एउटा कार्यकारी जिम्मेवारी (परदेशमा पद पनि नभनौं, किनकी यो अवैतनिक हो) नै काफी हुन्छ | अधिकांश मानिसको प्राथमिकतामा जागिर (काम) र आफ्नो परिवार हुन्छ अनि त्यसपछि बचेको अलिकति समय मात्र सामाजिक अथवा अमुक (हो पनि अनि होइन पनि) राजनैतिक संगठन हाँक्नको लागि हो|तर यो गोलार्धको अर्को कुनाको प्रवासीहरुको नियत र अभिष्ट कस्तो छ कुन्नी मलाई थाहा छैन तर पूर्वी तटीय अमेरिकी राज्य अनि बिशेष गरेर न्युयोर्कका मानिसलाई पाए जति पद (जिम्मेवारी?) लिने लालची रोग लागेको छ | केहि मान्छेहरुलाई त्यो जिम्मेवारी गलगाँड साबित भएको छ अझ त्यस माथि उनीहरु थप कार्यकारी र आलंकारिक जिम्मेवारी ग्रहण गरिरहेका छन | कहिले अनि कत्तिले पनि पुग्दैन उनीहरुलाई | उ आफैलाई थाहा हुँदैन, उ खासमा के हो? एनआरएन हो कि कांग्रेस? जनजाती हो कि साहित्यकार? कलाकार हो कि भात्री संगठनको स्थानीय राजनैतिक कार्यकर्ता? बिद्यावारिधी गरेको डाक्टर अथवा पेशागत डाक्टर हो कि पार्टीको कोटामा मनोनयन गरिएको कुनै ठुला भनिएको संगठनको सल्लाहकार? परदेशमा एमालेको जयजयकार गर्ने कार्यकर्ता हो कि तथाकथित समाजसेवी? ब्यापारी ब्यबसायी हो कि नव प्रवेसी पार्टी कार्यकर्ता? संचारकर्मी पत्रकार हो कि प्रवासको राजनैतिक संगठनको प्रवक्ता अनि प्रेस संयोजक? उफ कति दुरुह र जटिल बनाई दियो केहि स्वार्थी मान्छेहरुको भींडले "स्काई इज लिमिट" भनिएको यो सम्भावनायुक्त सपनाहरुको देश, प्रवासलाई ! हाम्रो पुस्ता प्रवास अझ अमेरिका जस्तो ठाउंमा पनि "नयाँ दास" जन्माउने संयन्त्र मात्र बन्ने भो |

taraniraula · Dec 29, 2015 4:10 PM · 4,966 views

1 Reply

नघरको नघाटको  Last edited: 29-Dec-15 10:06 PM

magorkhe1 · Dec 29, 2015 4:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all