यस कारण हामी "आधुनिक दासहरु" हौँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विचार र भूगोलले टुक्रिन लागेको हाम्रो देश नेपालमा अहिले लुटेरा सरकारले मन्त्रालय टुक्र्याएर गठबन्धन सरकारको भर्ति केन्द्र बनाएको छ | चुल्हो नबालेको गरिब राष्ट्रलाई थप अतिरिक्त अरबौंको व्यय भार बोकाएको छ | ओली सरकार उनका आसेपासे कार्यकर्ताको लागि उल्फाको धन फुपुको श्राध्द नै सावित भएको छ | अर्ध शिक्षित औंठाछाप सरकार आफ्नो मान्छे र कार्यकर्तालाई "बिज्ञ" को उपाधि दिन्छ | बर्गीय समाज बुझेको नाटक गर्ने एमाले नेतृत्वको सरकार तिनकालागि मात्र होइन साली र साँढुभाईहरुको लागि समेत युटोपियन साम्राज्य बनेको छ | उता देशमा जनता चुपचाप निरिह रमिते बनेका छन | दिन दहाडै मात्रीभुमी जननी आमाको निर्वश्त्र निमुखा शरीरलाई यी लुटेराहरुले क्षतबिक्षेत पारेर चोक्टा चोक्टा लुछेका छन |   अनि यता परदेशमा हामी तिनै लुटेरा दलको भात्री संगठन खोलेर टुक्र्याएको मन्त्रालयको मन्त्री बनेका आधुनिक लुटेराहरुलाई "बधाई" दिन बिज्ञप्ति जारि गर्दैछौं | लुटेराहरु उनको मनमौजी निजि यात्रामा यता आउँदा रगत पसिनासंग साटेको डलर खर्च गरेर तिनको लागि बिजिनेस क्लासको टिकट किनि दिने, खदा, माला, मान-सम्मान सहितको अन्तरक्रिया आयोजना गरेर स्तुतीगान गाउने अनि साँझ ढले पछि उपल्लो लेभलको आयातित मदिरा संगै महँगो रात्रिभोतको आयोजना गरेर भ्रष्ट मन्त्री र नेताहरुको स्वागत सत्कार गर्दै तिनको आम अनुमोदन गर्छौं | ईमानका साथ यति फेहरिस्त सहित हामी एक पल्ट यहीं हुर्किएका पढेका आफ्नै छोरी या छोरालाई सोधौं त, यिनले तपाई हाम्रो यो पराधीन चाकरी, चाप्लुसी र ताबेदारीलाई के भन्लान? ...मोडर्न स्लेभरी यानेकि आधुनिक दासता !

taraniraula · Dec 29, 2015 4:09 PM · 1,741 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all