‘सेक्समार्फत उपचार’ नयाँबानेश्वरस्थित संविधासभा भवनको सीधा अगाडि छ, महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र । यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष र ज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउने हरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहने यो केन्द्र केही दिनदेखि बन्द छ । कारण, उनका कुकृत्यहरू सार्वजनिक भए । विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउने महिलालाई ‘मसँग सम्भोग गरेमात्र तपाईंको उपचार सफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौनप्यास पनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी । केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिक भएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् । केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमै देशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिष हरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने, बाथ, सुगर, महिलाको मासिक गडबडी, सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।’ देशविदेशका राजनेता, कलाकार, गायिका, नायक–नायिकाको ग्रहफल हेरिसकेका भनेर आकर्षक विज्ञापन पनि गरिएको छ । बाँझोपनको उपचारमा भौँतारिइरहेका पुजन (नाम परिवर्तन) को जोडी ज्योतिष खरेलसम्म पुग्यो । ‘पहिला त धेरै रिंगाए हामीलाई पनि । कहिले ग्रहदशा शान्त गर्ने, कहिले पूजाआजा गर्ने त कहिले दान गर्ने भनेर धेरै खर्च गराए,’ पुजनले भने, ‘ज्योतिषले मेरी श्रीमतीलाई ‘मसँग सेक्स गरेमात्र बच्चा हुन्छ’ भन्न थालेपछि हामी पछि हटेका हौँ ।’ उनका अनुसार ज्योतिष खरेलले आफूसँग सम्भोग गरेको तीन वर्षभित्र बच्चा जन्मने आश्वासन दिएका थिए । धेरै महिलाहरूले उपचार सफल हुने विश्वासमा खरेलले भनेअनुसार गरेको पुजनले बताए । ‘यस्ता पाखण्डी ज्योतिषलाई देखाएर के होला भनेर त्यसपछि हामी त्यहाँ जानै छोड्यौँ,’ उनले भने । पीडितहरूको जानकारीका आधारमा समस्या समाधानको पहल गरिरहेको बताए, वैदिक सनातन हिन्दू परिषद् संस्थागत संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले । ‘हरि खरेलबाट पीडित भएकाहरूको आग्रहमा हामीले यो पहल थालेको हौँ,’ उनले भने । खरेलले आफूमाथि लागेका सबै आरोप स्विकारेको र सुध्रने मौका मागेको उनले जानकारी दिए । ‘उनका दुई श्रीमतीसमेतलाई राखेर छलफल गर्दा खरेलले माफी माग्ने र अबदेखि त्यसो नगर्ने बताएका छन्,’ थापाले भने । उनका अनुसार ज्योतिष खरेलले लामो समयदेखि उपचारका नाममा महिलाहरूसँग शारीरिक सम्पर्क गर्दै आएका थिए । ‘विदेशमा श्रीमान् भएका श्रीमतीहरूलाई एक्लोपन हटाइदिने, कसैलाई जोडी मिलाउने त कसैलाई श्रीमान्–श्रीमती छुटाइदिनेसम्मका आश्वासन दिँदा रहेछन्,’ उनले भने । धर्मको खोल ओढेर मनपरी भ्रम सिर्जना गर्ने खरेलजस्ता व्यक्तिले ज्योतिष विज्ञान र हिन्दू धर्ममै गम्भीर आघात पुगेको थापाको ठहर छ । राष्ट्रिय ज्योतिष सेवा समितिका महासचिव विश्वप्रेम भट्टराईले भ्रमको खेती गर्ने ज्योतिषहरू देशव्यापी छरिएको बताए । ‘आफूलाई ज्योतिष बताउने यस्ता झुण्ड देशैभरि फैलिएका छन्,’ उनले भने, ‘राज्य तथा नागरिकका स्तरबाट थप कदम नचालिए समाजमा विकराल समस्या आउन सक्छ ।’ ललितपुर, पाटन, बंगलामुखीमा ग्रहदशासँगै हरेक खाले रोग निको पारिदिने लेखिएको एउटा बोर्ड देखिन्छ । महिलाको सेतोपानी बग्ने, पाठेघर खराबी, बाँझोपनलगायत थुप्रै रोग निको पारिदिने सूचनासहितको साइन बोर्ड हेरेर त्यहाँ छिर्ने धेरै हुन्छन् । सो बोर्डमा लेखिएका ज्योतिष कमलप्रसाद घिमिरे (शर्मा) आफू ज्योतिषविज्ञ नै भएको दाबी गर्छन् । ‘महिलाको सेतोपानी बग्ने समस्या १५ दिनको औषधि खाए चैट् पारिदिन्छु,’ उनले भने, ‘बाँझोपनको त ग्यारेन्टी दिएर औषधि गराउँछु । सेतोपानीको उपचारका लागि १५ सय र बाँझोपनका लागि २५ सय जति खर्च लाग्छ ।’ बच्चा हुन नसकेका कुनै पनि महिलाले पहिलो महिना तीन दिन र दोस्रो महिना चार दिन औषधि खाए गर्भ रहने उनको दाबी छ । ‘कति जनाको सफल भइसक्यो,’ उनी आफूले नसक्ने उपचार सायदै भएको दाबी गर्छन् । बाँझोपनको उपचारको पछि लाग्दा सामाखुशी बस्ने रीता (नाम परिवर्तन)को वैवाहिक जीवनमै पूर्णविराम लाग्यो । विवाह गरेको तीन वर्षसम्म सन्तान नभएपछि उनी साथीको सल्लाहमा आफूलाई ठूलो ज्योतिष बताउने ज्ञानकुण्ड बाबाकहाँ पुगेकी थिइन् । रीताको पूरै अवस्था बुझेपछि उनले टाढाबाट नातेदार पर्नेसँग विवाह गरेकाले ‘वंश’मा समस्या भएको बताए । हुन पनि त्यस्तै थियो, टाढाबाट दाजु नाता पर्नेसँग विवाह गरेर धादिङबाट भागेर काठमाडौँ आएकी थिइन् उनी । त्यसपछि ती बाबाले ‘साधुसँग सम्भोग’ गरेमात्रै कोख भरिने उपाय बताइदिए । भागी विवाहका कारण परिवारबाट एक्लिएकी उनी कुनै पनि हालतमा बच्चा चाहन्थिन् । उनले त्यस्तै गरिन् । ती बाबासँग सम्भोग गरेको दुई महिनासम्म पनि गर्भ नबसेपछि फेरि उनैकहाँ गइन् । बाबाले सात दिनसम्म त्यस्तो गर्नुपर्ने बताएपछि उनी तयार भइन् । एकदुई दिन लुकीछिपी भए पनि चौथो दिन रीताका श्रीमान्ले चाल पाए । उनको पिछा गर्दै जाँदा बाबासँग सम्भोगका लागि तयार भएको अवस्थामा भेटे । बाबालाई रगतपच्छे हुनेगरी पिटेर रीतालाई फिर्ता ल्याएका उनले केही दिनमै उनीसँग सम्बन्ध विच्छेद गरे । अहिले ती बाबा त्यो ठाउँबाट फरार छन् । रीता नयाँ बसपार्कको एक होटलमा भाँडा माझ्छिन् । 24 Aug 2014 http://nagariknews.com/friday/...
metta · Dec 24, 2015 8:57 AM · 18,027 views
Did you say that he has ph d on astrology ? Education does not change you corrupt mind, someone posted we should have education on ethics. First school if ethics is your home and early childhood environment. We accepted corrupt and unethical person and we are proud as well jealous on their success. We take those success person as our heroes or wanted like them.
magorkhe1 · Dec 24, 2015 9:22 AM
Ani usle youn samparga garda lagaera gario ki nalagae sojha sajha lai rog sarna pani shakcha
intelligentguy · Dec 24, 2015 1:31 PM
Kissing Baba
metta · Dec 25, 2015 10:51 AM
picture मा भएको केटि चै च्वांक नै रहेछ हो.... सुड्दो ले मस्ती गरेछ नि लाइफ मा घरमा दुइ श्रीमती बाहिर बाहिर अरुका आइमाई संग मस्ती OMG. अब आजको दुनियामा पनि झारफुक गरेर धामी झाँक्री गरेर बच्चा हुन्छ भनेर विश्वास गर्दै यस्ता ढोंगी ज्योतिसी को मा गएपछि यस्तो परिणाम त आइनई हाल्छ, दोष चै दुवै पछ्ये को नै देख्छु है म त
bhairas · Dec 25, 2015 11:23 AM
I wanna know, what Anti-Christ (pervert Naase), stereotypist, NAS have to say about it.
Khumbule · Dec 25, 2015 1:47 PM
Last edited: 25-Dec-15 01:47 PM
Khumbule · Dec 25, 2015 1:47 PM
'FYS'
magorkhe1 · Dec 25, 2015 6:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion