पेरिस र ट्वीनटावर हमलाको भविष्यवाणी गर्ने बाबाको अर्को खतरनाक भविष्यवाणी, अब कहाँ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डेलिमेल । बुल्गेरियामा जन्मिएका एक रहस्यमयी बाबा भेङ्गाले मुस्लिम संगठनले युरोपमा हमला गर्नेबारे पहिले नै भविष्यवाणी गरेका थिए । उनले २०१६ मा ठूलो मुश्लिम युद्ध हुने भविष्यवाणीसमेत उनको थियो । जसको सुरुवात २०१६ सुरु हुनैलाग्दा पेरिसबाट भईसकेको छ । बाबा भेङ्गाको मृत्यु सन् १९९६ मा ८५ वर्षको उमेरमा भएको थियो । उनी दृष्टिविहिन थिए । उनको ८५ प्रतिशत भविष्यवाणी सत्य सावित हुने विश्वास गरिन्छ । उनले भनेअनुसार अमेरिकामा २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला भयो, सन् २००४ मा आएको सुनामी र मुस्लिमहरुको हमलाबारेकाे भविष्यवाणी पनि पूरा भइसकेको छ । उनले अरब राष्ट्रबाट २०१० देखि ठूलो मुश्लिम युद्धको सुरुवात हुने भविष्यवाणी गरेका थिए । डेलीमेलकाअनुसार उनले अफ्रिकीमुलका अमेरिकी नागरिक अमेरिकाको राष्ट्रपति बन्ने भविष्यवाणीसमेत गरेका थिए । बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि उनको यो भविष्यवाणी पनि मिल्यो । बाबा भेङ्गाले यूरोपले सन् २०१६ मा आतंकवादी हमलाको सामना गर्नुपर्ने बताएका थिए । उनले भनेको साल सुरु हुनै लाग्दा पेरिसमा ठूलो आतंकवादी हमला भइसकेको छ । युरोपका अन्य सहरहरु पनि उच्च जोखिममा छन् ।   आगमी समयबारे उनले गरेका भविष्यवाणीहरु यस्ता छन्: उनको भविष्यावाणी अनुसार सन २०३३ मा पृथ्वीको हिमाली क्षेत्र पग्लिएर जानेछ । वैज्ञानिकलेसमेत यो तथ्यलाई इन्कार गरेका छैनन् । यदि यस्तो हुने हो भने सगरमाथा पनि नरहन सक्छ । जसले नेपालीको एउटा गर्व गर्न लायक पहिचान खोसिन सक्ने खतरा छ । सन् २०४३ मा यूरोपमा इस्लामिक सत्ताले हमला गर्नेछ, यसको केन्द्र इटालीको रोम हुनेछ । २०४६ मा हरेक व्यक्ति अंग निर्माणमा लाग्ने छन् । सन् २०६६ मा एक मस्जिदमा ठूलो हमला हुनेछ । त्यसपछि अमेरीकाले अभूतपूर्व हतियार प्रयोग गर्नेछ, जसका कारण पृथ्वीको तापमानमा निकै ठूलो गिरावट आउनेछ । सन् २१०० मा यस्तो कृतिम सूर्य बन्नेछ, जसले धर्तिको अध्याँरो हिँस्सामा प्रकाश दिन प्रयास गर्नेछ । सन् २१११ मा मानिस र रोबोर्ट मिल्ने छन्, जसलाई साइबोर्स भनिने छ । सन् २१५४ मा जीवहरु मिकरुपमा विकास हुँदै आधा मानिस बन्नेछन् । सन् २१७० मा पृथ्वी भिषण सुख्खा हुनेछ । सन् २१९५ मा एलिन्स र मानिस मिलेर पानीको गहिराईभित्र सहर बसाउने छन् । सन् २२०१ मा सूर्यको न्युक्लीयर क्रियामा ठूलो बदलाब आउनेछ । सूर्य फिक्का हुनेछ, तापमानमा धेरै गिरावट आउनेछ । सन् २२८८ मा समयको यात्रा संभव हुनेछ, मानिसहरुले दोस्रो ग्रहसँग सम्बन्ध बनाउनेछन् । सन् २४८० मा दुई कृत्रिम सूर्य एकआपसमा टकराउने छन् । धर्ति अध्याँरोमा डुब्नेछ । सन् ३००५ मा मंगलग्रहमासमेत युद्ध हुनेछ । - See more at: http://www.sajhapost.com/2015/...

illumination · Dec 23, 2015 10:09 AM · 13,603 views

4 Replies

कुरो सुन्दा यो कुनै ज्ञाता ले हैन , कान्छी को भट्टी को तिन पानि खाएर बस्ने नेपालि ज्ञाने ले भन्या जस्तो छ !!!

facebook · Dec 23, 2015 10:37 AM

Baba Ramdev's भविष्यवाणी ? Do these baba-jis have any any clue about what they are talking about ? More often than not they seem to be speaking out of their ass ! Last edited: 23-Dec-15 11:40 AM

Khaobaadi · Dec 23, 2015 10:52 AM

My past predictions that have been validated: 1. A person baked in sun will rule the greatest power in the world. Predicted in 1995. (Hint Obama) 2. A city will be attacked on the date that mocks the identity of its residents. Predicted in 2000. (This was hard to decipher, I admit. But Mumbai was serial blasts happened in 2006, July 11th, i.e. 7/11) There are few more but I don't feel like boasting. So, now that you know what I am capable of predicting, hear what's going to happen next: 1. East (China) and West (US) have superpowers already, but in year 2054, a new super power will arise in the middle - Europe or Africa, and claim to be the biggest economy. 2. The land with highest mountain will block water flowing to its neighbor and call it unofficial blockade.

BadhiJanne · Dec 23, 2015 1:23 PM

These baba-jis will get their ass locked up in jail for making such predictions. They can't even predict their own impending misfortune they are out there to make predictions of the entire world. Seriously I cannot figure out if these people are familiar snake-oil salesmen or are they just damn fools. From http://www.npnewsportal.com - "Astrologer Pandit  Ojaraj Upadhyaya Lohani is arrested by the Police for spreading rumors about the earthquake. He is arrested so that the Police can ask him about the rumors of earthquake. But Astrologer Pandit Ojaraj Upadhyaya stated that he did not spread any kind of rumors related to the earthquake.  He added that the social media altered the way he predicted about the earthquake. He claimed that he did not do anything wrong that he was brought to the Police station. He said, it might be due to less information on what he predicted. The astrologer had not predicted anything about the earthquake but the medias swerved the saying of astrologer Pandit." ज्योतिष पण्डित ओजराज उपाध्याय लोहनीलाई भुकम्पको अफवाह फैलाएको आरोपमा प्रहरीद्वारा पक्राउ

Khaobaadi · Dec 23, 2015 8:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all