बिछोड नै सही, एकपल्ट प्रेम गरेरै मर्नुको मज्जा बेग्लै, रेटेरै नै सही, एकपल्ट प्रेम भेटेरै मर्नुको मज्जा बेग्लै| मुस्काएको फूल देखेर कसको मन रोमान्चित हुँदैन र? चुम्दा चुम्दै मुटुमा काँडा घोचेरै मर्नुको मज्जा बेग्लै | कति लेखेंहुँला रातरात जागेर उसलाई पत्र प्रेम पत्रहरु, मुटु चिरी रगतले अन्तिम पत्र लेखेरै मर्नुको मज्जा बेग्लै | बिर्स , छोड भन्दा मानिन , कस्तो आवारा पागल भन्यौ जिन्दगीमा एकपल्ट त पागल भएरै मर्नुको मज्जा बेग्लै | बिछोड नै सही, एकपल्ट प्रेम गरेरै मर्नुको मज्जा बेग्लै, रेटेरै नै सही, एकपल्ट प्रेम भेटेरै मर्नुको मज्जा बेग्लै|
rahulvai · Dec 21, 2015 1:57 PM · 23,404 views
वाह ! ठुल्दाई मिठो शेरहरु आए , लु एक टुक्रो मेरो नि : एक नजरको प्यारो आभास, कड्केर हेर्यो भन्यौ त्यही झलकको झल्कोको लागि मर्नुको मज्जा बेग्लै | - थाहा छैन
ThahaChaena · Dec 21, 2015 3:21 PM
Very good. Last edited: 09-Mar-16 09:06 PM
prabhat41 · Mar 9, 2016 8:56 PM
Would my life be better/happier and outlook on life different if I hadn't met you ? Definitely. Would I change "the steps i took on that fateful day" so that i would never have known u ? NOPE.
bairaghi · Mar 9, 2016 11:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion