६ पुस, काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले सोमबार अख्तियारको कार्यालयमा पुगेर वयान दिए । अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको भन्दै हिरासतमा बस्न आग्रह गरे । तर, वन्तले धरौटी जति पनि तिर्छु, हिरासतमा बस्दिँन भनेपछि उनीसँग १० करोड धरौटी मागिएको अख्तियार स्रोतले अनलाइनखबरलाई बतायो । अख्तियारले धरौटी तोक्नासाथ वन्तले १० करोड रुपैया धरौटी बुझाएका छन् । उनले बैक जमानत राखेको अख्तियारले जाएको छ । ‘अख्तियारले अनुसन्धानका क्रममा कानूनबमोजिम कसैलाई थुनामा राख्न वा धरौटीमा छाड्न सक्छ,’ अख्तियारका प्रवक्ता एवं सहसचिव कृष्णहरी पुस्करले अनलाइनखबरसँग भने- ‘अख्तियारले धरौटी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनु तहकिकातसम्बन्धी कानूनी प्रक्रियाभित्रैको कुरा हो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०४८ को दफा १९ (४) मा धरौटीबारे यस्तो प्रावधान छ- ‘भ्रष्टाचारको आरोपमा कारवाई चलाइएको व्यक्ति फरार भै बेपत्ता हुन सक्तछ भनी सम्झनुपर्ने कुनै मनासिव कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।’ - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Dec 21, 2015 9:59 AM · 14,394 views
My reaction exactly. That in itself should prove he is a corrupt. I don't care how ancestrally rich you are, if you can produce 10 crores at the drop of a dime, you have illegit means of income.
Kiddo · Dec 21, 2015 10:36 AM
There will be no fume without fire. Still we have question , when your service to ex-Maoists ends and starts the real service to nation. You have proved your loyalty .
magorkhe1 · Dec 21, 2015 3:06 PM
I am sure he will be acquitted.
dhoti_prasad · Dec 21, 2015 4:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion