अमेरिकाबाट किन फर्किने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘न्युयोर्कको सब्जी दोकानमा काम गरेर बस्छु होला बरू, अब... मलाई पुग्यो।’ १६ वर्षसम्म लगातार ‘ब्रेन ट्युमर’को उपचारपछि अलिकति तंग्रिन लागेकी श्रीमती र सातवर्षको छोरोलाई दिदीसासूको घरमा छाडेर अमेरिका आइपुगेका डा. प्रदीप भट्टराईले यस्तो भनिरहँदा उनका दुवै आँखाबाट आँसु झरिरहेका थिए। मैले पनि रोक्न सकिनँ। मेरिल्यान्डको वेथेस्डामा रहेको डबल ट्री होटलको कुनामा हामी दुवैजना सँगै रोयौँ। मैले अर्का समाजशास्त्री डा. सौभाग्यजंग शाहलाई सम्झेँ। अमेरिकामा पाएको अवसर त्यागेर देशमै काम गर्नुपर्छ भनेर फर्किएका थिए उनी। २०६१ सालतिर डा. शाहलाई नक्सालको भगवतीबहालबाट मोटरसाइकलको पछाडि बोकेर पुल्चोकस्थित उनको डेरा पुगेको थिएँ। शाहको डेरासम्म पुगुन्जेल र उनको डेरामा बिताएको करिब डेढ घन्टासम्म उनले गरेका कुराकानीको एउटै आशय थियो- फरक संस्कारको श्रीमती बिहे गरिसकेपछि सायद म नेपाल फर्किन नहुने थियो। तीन महिना ढिलो फर्केको निहुँमा त्रिभुवन विश्वविद्यालयले अमेरिका पढ्न गएदेखिको शाहको तलब रोकेको थियो। कर्णालीमा जन्मेको मान्छे, पुर्ख्यौली केही पनि थिएन। एनजिओमा उधारो कन्सल्ट्यान्सी गरिरहेका थिए उनी। आर्थिक अवस्था राम्रो थिएन। ४२ वर्षको उमेरमा उनले भोगेको मृत्यु कहीँ कतै उनको निराशासँग पनि जोडिएको थियो कि जस्तो लाग्छ अहिले पनि मलाई। डा. प्रदीप भट्टराई पनि शाहजस्तै अर्को पात्र लाग्यो मलाई। भट्टराई यसअघि दुई दुईपटक अमेरिका पढ्न आएका थिए, देश फर्केर गए। उनलाई लाग्थ्यो- दक्षता र क्षमता देशभित्र खर्च गरिएन भने आउने पुस्ताले नयाँ नेपाल देख्न पाउने छैन।  तर, यसपटक देश छोडेर हिँड्ने बेलामा उनलाई लाग्यो- आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा तेस्रो मुलुकमा गएर दोस्रो दर्जाको नागरिक भएरै बाँच्नु ठिक हो। लामो मौनता तोड्दै उनले थपे, ‘घुँडा टेकेर उभिनुभन्दा आफ्नै खुट्टा टेकेर घिस्रिनु उचित लाग्यो मलाई।’ भट्टराईलाई डा. बनाउन देशले सुको लगानी गरेको होइन। प्रथम श्रेणीमा एसएलसी पास गरेपछि ठूलो ‘रिस्क’ लिएर ताप्लेजुङबाट भागे उनी। २०४१ सालको असार अन्तिम साता गाउँ छाडेका उनी काठमाडौं पुग्दा साउन पहिलो साता बितिसकेको थियो। हार्नलाई केही नहुनेसँग जित्नलाई संसार हुन्छ भनेर उनी देशको राजधानी पसेका थिए। पढाइमा जिल्लाभरि नै कहलिएको ठिटो कलेजमा पनि राम्रै गर्‍यो। घरबाट पैसा आउने बाटो थिएन। त्रिचन्द्र कलेजमा पढन थालेपछि नयाँबानेश्वरका राजेन्द्र कुवँरकी छोरी, जो अहिले मेडिकल डाक्टर छिन्, उनलाई ट्युसन पढाएबापत महिनाको दुईसय रुपैँया र एकछाक भातको जोडजाम गर्न सके उनले। प्रत्येक शनिबार २५ रुपैयाँमा भाडामा पाइने ठेलागाडामा काठमाडौँको पक्नाजोल, नयाँबजार क्षेत्रपाटीतिरका गल्ली र सडकमा बगाउनसम्म पसिना बगाए। त्यही नीलो पसिनाको पाइन लगाएरै उनी प्रदीप भट्टराईबाट डा. प्रदीप भट्टराई बन्न सके। सबै सामान्य विद्यार्थी डा. बन्न सक्दैनन्। क्षमता पहिलो कुरा हो। लगानी र मिहिनेतले मात्र डा. बन्न सकिँदैन। तर, देशभित्र रहेका क्षमतावानहरूलाई यसरी नै गुमाउँदै जाने हो भने अन्तरालमा हाम्रासामु देश छाडेर बाहिरिएका सक्षमहरूलाई ‘नेपाली मूलका’ भनेर नेपालबाट ताली पिट्नुको अर्को विकल्प रहने छैन। अमेरिका अथवा युरोपमा क्षमता भएको विद्यार्थीले पिएचडी गर्छु भन्यो भने खानेबस्ने सबै सरकारले बेहोर्छ। हाम्रो राज्यसँग यो क्षमता छैन। तर, ठेलागाडा धकेलेर डा. बनेपछि व्यक्तिको क्षमता, लगानी र खोज देशसँग जोडिन पुग्छ। अनि, देशले त्यो क्षमताको सदुपयोग गर्नुपर्ने हो कि होइन? देशमा चलचित्र विकास बोर्ड छ। सञ्चार मन्त्रालय छ। सूचना आयोग छ।  यी कुनै पनि ठाउँमा अनुपयुक्त हुने व्यक्ति होइनन् डा. भट्टराई। २०६६ सालताका शंकर पोखरेल सञ्चारमन्त्री भएका बेला भट्टराईले मुख खोलेर चलचित्र बिकास बोर्डको अध्यक्ष मागेका थिए। तर, उनी सदस्यका लागि पनि उपयुक्त ठहरिएनन्। जीवनको धेरै कालखण्ड पोखरेल नै रहेको दलमा बिताए भट्टराईले। आफूले खर्चेको समयको हिसाबकिताब होइन, क्षमताको सम्मान खोजेका थिए। चलचित्रको जोडघटाउसम्म नजान्नेहरू जम्मा हुन थालेपछि उनलाई लाग्यो- मुलुक राम्राको होइन, हाम्राको मात्र रहेछ। चारवटा फरक विषयमा एमए र चलचित्रमा पिएचडी गरेका गोल्ड मेडलिस्ट डा. भट्टराईलाई अमेरिका आउनुभन्दा अगाडिसम्म पनि जागिरको चिन्ता थियो। चलचित्रमा शोध गरेर पिएचडी गरेको देशको एउटा मात्र डा. लाई जागिरको चिन्ताले यसरी सताइरहन्छ भने नेपालको धरातलीय यथार्थ के छ बुझ्न धेरै दिमाग लगाइरहनै पर्दैन। पाइयो भने किन देशै छोड्नु र! भन्ने इच्छा दुवैपटक जागृत भएर आयो त्यसैले दुईपटक अमेरिकाबाट पुनः नेपाल फर्केका थिए। डा. प्रदीप भट्टराई किन एउटै जागिरमा टिकेनन्, त्यसका यावत कारण छन्। ४६ वर्षको उमेरमा गनेर ५५ वटा जागिर खाए उनले। तर, सबै जागिर ठेकेदारको ठेक्काजस्तो लाग्यो। उनी सुनाउँछन्, ‘म बाँच्न नजानेको मान्छे, स्वाभिमान र गरिबी एकै ठाउँमा बस्न नसकेर हो किजस्तो लाग्छ। भन्नेहरूचाँहि भन्छन्- तेरो योग्यता बढी भयो।’ जहाँ पढाउन पुगे पनि पत्रकारिताको नशाले कहिल्यै छोडेन उनलाई। ३० वर्षसम्म कुनै न कुनै रूपमा मिसन पत्रकारिता हुँदै व्यावसायिक पत्रकारितासम्म दौडिए उनी। ‘पाँच महिनाको तलब थाप्न बाँकी छ अहिले पनि। मैलेजस्तै मेरो देशमा धेरैले गर्ने व्यावसायिक पत्रकारिताको चरित्र हो यो,’ यसो भन्दै गर्दा अमिलो अनुहारमा उनको पीडा हाँस्दै थियो। एभरेस्ट बैंकबाट लिएको ऋण तिरिसकेकै वर्ष घरमा बुल्डोर चल्यो। काठमाडौंको सडक बिस्तारमा उनको घरको आधा बाटोमा गयो, बाँकी श्रीमतीको उपचारमा। उतिबेला डा. प्रदीप भट्टराईले औचित्यबिना घरमा बुल्डोर चल्दा आत्महत्या नै गर्ने सार्वजनिक घोषणा गरेका थिए। ‘आत्मसम्मानमा चोट परेपछि मान्छेका अगाडि बाँकी सबै अन्धकार देखिँदो रहेछ। तर, आश्रित श्रीमती र सानो छोरोको मायाले त्यो बाटो पनि पनि हिड्न सकिनँ’, ओभाउँदै गरेका उनका आखाँमा पुन: आँसु बग्न थालेका थिए। मलाई वास्तवमै देशप्रति वितृष्णा जागेर आयो। पछिल्लो समय उनका लागि काम सीमित हुँदै थिए। घन्टीको गन्तीमा विश्वविद्यालयमा पढाउन त पाइने तर त्यसबाट आउने रकम भने भन्न पनि लाज लाग्ने। तैपनि उनलाई काम नपाइएला भन्ने चिन्ता थिएन। २० वर्षसम्म लगानी गरेर सिकेका कुरा देशलाई दिन नसकेकोमा चित्त दुखेको छ उनको। ‘मैले सिकेको र जानेको कुरा देशलाई बाँड्न नपाउने हो भने देशको भुँइ नाप्नुको के अर्थ रहन्छ र?’ उनले तेर्स्याएको यो प्रश्न डा. भट्टराईजस्तै थुप्रैको साझा प्रश्नजस्तो लाग्यो मलाई। पिएचडी गर्नु भनेको नामको अगाडि डा. लेख्नु मात्र होइन। क्षमताप्रतिको सम्मान पनि हो। पश्चिमेली मुलुकहरूमा डा. शब्द बेरोजगार भयो भने सरकार विचलित हुन्छ। हाम्रो देशमा सीप, सेवा र सम्मानको उपयोग गर्न नपाएका सयौं डाक्टर अहिले पनि युरोप वा अमेरिकाका लागि खुट्टा उठाएर बसिरहेका छन्। डाक्टर प्रदीप भट्टराईका पाइला नै त्यसरी उचालिने अन्तिम पाइला बनून्। प्रिय कामना। राति घरमा फर्केर पूर्वस्मृतिमा गएँ। डा. शाह अनि डा. भट्टराई आलोपालो लामो समयसम्म मस्तिष्कमा नाचिरहे। मस्तिष्कमा एकनासले डा. भट्टराईको त्यही भनाइ दोहोरिरहेको थियो, ‘न्युयोर्कको सब्जी दोकानमा काम गरेर बस्छु होला बरू, अब ... मलाई पुग्यो।’ ‘मैले उनलाई त्यसो नगर्नुस्, देश फर्कनुहोस्’ भन्नसम्म सकिरहेको छैन। http://global.setopati.com/ame...

cybernepali · Dec 19, 2015 8:11 AM · 9,653 views

10 Replies

These kind of mentality is what is dragging down Nepal. Sense of entitlement. Doctors haru ko yesto sochai cha bhane aru ko kasto hola. In life, Either u do it or you dont. But dont complain. And you dont have to explain. You dont owe explanation to anybody. You do what you gotta do. But please dont whine. Nobody is entitled to anything.

bairaghi · Dec 19, 2015 9:21 AM

In 46 years, he had 55 jobs- that shows how much unstable he is. It may be something wrong within himself, and he may not be satisfied anywhere.

Euta_nepali · Dec 19, 2015 9:41 PM

Did you guys read what the whole story is? It simply means, Nepal has become a shithole. I may look like a whiner typing words off of keyboard cussing at his country but reality is reality and the things that I've been saying since a decade, it's being proven every passing day on and on by stories like this. Just here on sajha, I've read about other folks sharing same experience. Nepal is gone, it's done. It can't be built on it's own, that's how badly it has been eaten up. Even if skilled talents want to do something for the country, they are not let to do things. Have you read just few weeks about Mahabir pun being ignored like arsewipe by government of Nepal? His plea is unseen and unheard. And this guy is genuinely trying to do something for the country but...anyway.. Whoever shared this very article, I totally agree with him. Every single person living in a country at least deserves an access to food,shelter,medicine and basic commodities. It's a basic human rights. But what's happening there now? You think and decide. World gives donation upon donation to help those who need it, say just last April, earthquake victims were given all essentials, that's how media sounded and that's how I saw delegates shaking hands and taking pictures with but even after two months, victims didn't get anything rather all the materials were found to be either stolen and sold to people through different route. Just recently like after 6 months of the earthquake, it was on the news all donors from around the world are wondering 'WHAT THE FCK IS GOING ON IN NEPAL AND WHERE ARE ALL MONEY WE GAVE TO THEM THAT WAS SUPPOSED TO HELP OUT AND UPLIFT VICTIMS'? Well, little did they know there is a black hole of corruption in Nepal where everything disappears. He looks like a really talented person, and sadly our country is run by fcksticks who don't give a fck about intellects. No wonder he was given run around and had to change jobs all his life. Nobody wants smarty arse in any place since goons have to stay in the business and that's a big threat to keep someone smarter than you. Whoever you are, you decidedly did a good job to stay away from that shithole and I urge you to bring all your family to any other place but Nepal. Nepal is done, it's gone, am not being unpatriotic — being an earthling earth is my home, — truth really comes to bite and if the country can't give it's citizen reach to basic needs of survival, there is no reason to stay there to suffer under incompetent corrupt government.

bittertruth · Dec 20, 2015 12:22 AM

this is what's wrong with nepal, earning degrees don't make u talented or deserving. first i thought may be phd in physics or biology but film wtf? yes nepal is shit hole but shit hole degrees don't make nepal better either .

controversial · Dec 20, 2015 7:57 AM

पजनी हुने पदमा डा झुन्ड्याएकोले प्रमुख पद  पाएन भनेर किन बबाल त्यो पनि यो टसूवाको टसाइमा ? नेतागिरी देश बिकासको लागि नभै ब्यक्तिगत र पार्टिगत बिकासमा विश्वाश गरने प्राणी हो ? हाम्रा नेता गणमा १% मात्रै भने पनि देश बिकास हुनु पर्छ भने मानसिकता यिनिहरुको दिमागमा भर्न सकिए केही हुन्थ्यो होला ?  समस्या छन बिस्तारै जालान : तर एक कुरा के पनि हो भने अहिले डा झुन्ड्याउनेको सन्ख्या बर्सेनी कती छ कसैले यहाँ आकडा राख्नु हुन्छ कि ? डा झुन्ड्याउदैमा प्रमुख पद को लागि उपयुकत ब्यक्ती हो भनी हाल्न ठीक होला जस्तो लाग्दैन् अनी राजनीतिक पजनी हुने पदमा पजनी हुन सकेन र गरेनन , कुनै आस्चर्य को कुरा पनि हैन !   कुनै जमानामा सन्स्क्रितमा डा झुन्ड्याएका डाक्टरले सँस्क्रित विश्वाबिद्यालयको  डिन पद मा निबेदन दिएको नपाए पछी नयाँ सडकमा बिरोध स्वरुप जुत्ता पालिस गरेर बसेको सम्झना दिलायो |  Last edited: 20-Dec-15 12:00 PM

magorkhe1 · Dec 20, 2015 8:56 AM

PhD's are overrated. One can research on any bs topic and get a phd as long as the advising prof is willing to be accomplice. Anyways it's the age of globalization so if you are on a sinking ship it's wiser to abandon it unless you have enough resources that you can be sure that you are going to survive or unless you are a big enough barge that yiu you

GwachAquarian · Dec 20, 2015 12:42 PM

can rescue that sinking ship. Nepali ma ukhan cha ni bhid bata khaseko goru lai ram ram matra bhanna sakincha..

GwachAquarian · Dec 20, 2015 12:44 PM

नेपाल का चिर परिचित डॉक्टर हरू : १. डॉक्टर बाबू राम भतर्राई २. डॉक्टर सी. के राउत ३. डॉक्टर राम सरन महत ४. डॉक्टर प्रकाश सरन महत ( नेपाली कांग्रिस ) ५. डॉक्टर मिनेन्द्र रिजआल ६. डॉक्टर नारायण खड़का ( नेपाली कोंग्रेस ) ७. डॉक्टर राम बरन यादव

atomic · Dec 20, 2015 1:19 PM

After completing master's degree I worked from 6 am till 8 pm. Three jobs every day for 5 yrs. Then in two jobs for 3 yrs, saved enough money, build a house, then moved abroad, worked hard, and again making money, PhD does not guarantee you anything except the PhD degree. If you don't pursue your degree seriously, your PhD means nothing. If you are intelligent enough, you would know how to work methodically. PhD means you know how to work methodically to get the result. If you didn't learn this, you learn nothing in your PhD.

Bichitra_Kumar · Dec 20, 2015 6:09 PM

Top 7 Doctor are the worst and most corrupt.

magorkhe1 · Dec 20, 2015 6:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all