शनिबार बिहान राजधानीको माइतीघर मण्डलामा दुर्घटनाग्रस्त कार जुन घटना प्रहरीले सार्वजनिक गर्न चाहेको छैन। तस्बिर सौजन्य: आर्थिक दैनिक काठमाडौं-गृह प्रशासनले माइतीघरमण्डलामा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । प्रहरीको उच्च नेतृत्वले दुर्घटनामा पीडित कोही नभएको र 'व्यक्तिगत' भन्दै सूचना गोप्य राखेको हो । प्रहरीका उच्च अधिकारीले घटनाबारे खुलेर कुरा गर्न र आधिकारिक जानकारी दिनसमेत मानिरहेका छैनन् । घटनास्थलनजिकै नेपाली सेनाको मुख्यालय र महानगरीय प्रहरीका सिसी क्यामेराले समेत अनुगमन गरिरहेको हुन्छ । घटनासम्बन्धी सिसी क्यामेरा रेकर्ड माग्दासमेत प्रहरीका जिम्मेवार अधिकारीले त्यतिबेला अँध्यारो हुने भएकाले केही पनि नदेखिएको दाबी गरे । तर, घटनास्थल सोलार बत्तीले उज्यालो छ । काठमाडौंका विभिन्न स्थानमा शनिबार बिहान साढे तीन बजेदेखि अनियन्त्रित गतिमा हुइँकिएको गाडी माइतीघर मण्डलामा पुगेर दुर्घटना भएको थियो । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिँदै मण्डला घुमेर थापाथलीतिरै मोड्न खोज्दा दुर्घटना भई उत्तानो परेको प्रत्यक्षदर्शीले देखेका थिए । प्रहरी स्रोतका अनुसार सडकमा उत्तानो अवस्थामा रहेको गाडी ट्राफिक प्रहरीले र्याकरको सहायताले उठाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा लगेको थियो । तर शनिबार गाडी सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखाले जानकारी दियो । घटनास्थल पनि प्रहरीले तत्कालै सफा गरेको थियो । त्यो गाडी मर्मतका लागि लगिएको फेला परेको छ । उक्त गाडी मर्मतकेन्द्रमा स्टेयरिडमा एअरब्याग निस्केको, कच्याककुचुक भएको र सिसा फुटेको अवस्थामा फेला परेको छ । गाडीमा सवार व्यक्तिहरूको अवस्था 'सामान्य' रहेको महाशाखाको दाबी छ । यसबारे प्रहरीका कुनै पनि अधिकारीले औपचारिक प्रतिक्रिया दिन इन्कार गरे । चालकले नियन्त्रण गुमाएको अवस्थामा हुइँकिएको गाडीका कारण थापाथलीचोक, नर्भिक अस्पताल र माइतीघरमा रहेका बटुवा र चियापसले समेत त्रसित भएका थिए । दुर्घटनामा गाडीले माइतीघरबाट थापाथली मोडमा रहेको त्रिकोणको पिल्लर भत्किएको छ भने सोलार बत्तीको पोल बांगिएको छ । दुर्घटनामा सार्वजनिक सम्पत्ति तोडफोड भए पनि त्यसको हर्जना सम्बन्धित व्यक्तिबाट गराउनुपर्ने आवश्यकतासमेत प्रहरीले महसुस गरेको छैन । प्रहरीस्रोतका अनुसार दुर्घटनामा परेको बा१२च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार कान्तिपुर मिडिया ग्रुपको नाममा छ। दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला थिए। उनीहरूलाइ तत्कालै नर्भिक अस्पताल पुराइएकाे थियाे। अस्पताल स्राेतले शनिबार बिहान दुर्घटनामा परेका सम्भव सिराैहिया र उनका साथीहरूलाइ शनिबार बिहान अस्पतालले भर्ना लिएकाे बतायाे। सम्भव कान्तिपुर समूहका अध्यक्ष कैलाश सिराेहियाका जेष्ठ पुत्र हुन्। गाडीमा रहेका महिलाको परिचय गोप्य राखिएकाे छ। दुर्घटनाका तस्विर जसलाइ अार्थिक दैनिकले प्रकाशित गरेकाे थियाे स्रोतका अनुसार गाडीमा रहेका युवतीको अवस्थाबारे प्रहरीका उच्च अधिकारी र परिवारबाहेक सबैबाट गोप्य राखिएको छ । प्रहरीले चालक रहेका व्यक्तिको थर आफूहरुलाई थाहा भएको अन्यका विषयमा चासो नलिएको भन्दै नाम गोप्य राख्न अनुरोध गरिरहेको छ । घाइतेलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको भए पनि त्यहाँ पनि अर्कै व्यक्तिका नाममा भर्ना गरिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको दैनिक घटना विवरण र ट्राफिक महाशाखामा समेत दुर्घटनाको कुनै रेकर्ड छैन । सवारी दुर्घटनापछि चालकले मादक पदार्थ सेवन गरे वा नगरेको जाँचसमेत नगरी व्यक्तिगत दुर्घटना भन्दै गुपचुप राख्ने प्रयास भइरहेको छ । प्रहरीले सडकमा भएको दुर्घटनालाई कसरी व्यक्तिगत भनेर लुकाउन मिल्छ ? अहिले यो प्रश्न उठे पनि खुलारुपमा कोही पनि बोल्न सकेका छैनन् । रात्रिकालीन अवस्थामा 'हिट एन्ड रन' (गाडीले ठोकेर भाग्ने घटना) हुन्छन् । भारतमै सलमान खानले हालै यस्तै मुद्दाको सामना गर्नुपरेको थियो । कुनै व्यक्तिलाई यो गाडीले हानेर घाइते बनाएको वा मृत्यु भएको भए प्रहरीकै मद्दतले लुकाइने रहेछ भन्ने पनि अहिले सार्वजनिक चर्चामा छ । अगस्ट २००९ मा वीर अस्पताल अगाडि राति १२:३० बजे यसैगरी भएको एउटा दुर्घटनामा सडक किनारामा भएका हिँडिरहेका ६ जना व्यक्तिको ज्यान गएको थियो । उक्त घटनामा चालक विप्लवमान सिंह नामक युवालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो । उनी जेल सजायसमेत भोगेर मुक्त भइसकेका छन्। साेसल मिडियाकाे प्रतिक्रिया https://twitter.com/BAHARkanCH... - See more at: http://nagariknews.com/feature... Last edited: 17-Dec-15 10:52 AM
cybernepali · Dec 17, 2015 10:50 AM · 4,084 views
Yo ta puranai bani ho uniharu ko, uhile uhile Paras bhanne ko phohor biralo le lukaye ko jastai gari lukaune gartheyo. Nepal ko taal testai ho, khai paisa ma nabikne ko cha hola!
ramas · Dec 17, 2015 4:37 PM
gopya raakheko bhaye kasari sarwajanik bho yo samachar. waahiyaat samachar.
bittertruth · Dec 17, 2015 10:41 PM
ke ko wahiyaat? it came out because a common twitter put it out in his twitter that such an accident had occurred. You need to start reading before putting in your two cents :)
shahi baba · Dec 18, 2015 12:22 AM
Is it me or is nepali language really tedious or is it this article that repeats itself over and over again that is painful for a read?
hurray · Dec 18, 2015 12:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion