काठमाडौं— बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा विवेकशील नेपाली दल एकीकरण हुन लागेको भन्ने चर्चालाई सो पार्टीले खण्डन गरेको छ। पार्टी प्रवक्ता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै अस्तित्वमै नआइसकेको कुनै समूहसँग मिल्न नसकिने बताएका छन्। 'विगत ३ बर्षको हाम्रो अनुभव एवं घोषित मूल्य र मान्यतालाई अलपत्र छोडेर अस्तित्वमा नै नआईसकेका कुनै पनि समूहसंग मिल्ने कुनै सवाल नै आउँदैन', विज्ञप्तिमा भनिएको छ। बुधबार भट्टराईले आयोजना गर्नुभएको छलफल कार्यक्रम मा विवेकशील नेपाली दलका तर्फबाट प्रतिनिधित्व भएको थियो। नयाँ बैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यकता, नयाँ शक्ति पक्षधर बीच सहकार्य तथा नयाँ शक्तिहरुको कोर एजेन्डा र संगठनात्मक स्वरुप र प्रकिया शीर्षकमा भएको छलफलपछि विवकेशील नेपाल भट्टराईको अभियानसँग विलय हुन लागेको आसयका समाचार आएका थिए। माअाेवादी जनयुद्धको पृष्ठभूमिबाट आएका भट्टराईतर्फ संकेत गर्दै विवेकशीलले आफू 'अहिंसावादी राजनीतिमा अडिग शक्ति' भएको उल्लेख गरेको छ। 'एउटा राजनीतिक दलका रूपमा समाजका क्रियाशील अरु राजनीतिक दल, समूह वा व्यक्तिहरुसंग भेटघाट र छलफल गर्नु स्वाभाविक प्रक्रिया हो', विज्ञप्तिमा भनिएको छ,'नेपालमा नया शक्ति निर्माणको अभियानमा विवेकशील नेपाली दलको लामो अनुभब छ। हाम्रा बिचार र व्यवहारलाई पोजिटिभ भाईरस जसरी समाजमा बिस्तार गर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो।' - See more at: http://nagariknews.com/politic...
cybernepali · Dec 17, 2015 10:14 AM · 1,117 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion