Commercial Political Journalism IN NEPAL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालको व्यवसायिक पत्रकारिताको इतिहास त्यति लामो छैन । खास गरीराणा शासन, पञ्चायति व्यवस्था हुँदै बहुदल, राजा ज्ञानेन्द्रको प्रत्यक्षशासनकाल र गणतन्त्रसम्म आई पुग्दा पत्रकारिताले व्यवसायिक रुप लिनथालेको धेरै भएको छैन । बहुदल सुरु भएपछि नेपाली पत्रकारिताले ठोसरुपमा उच्च व्यवसायिकता अंगाल्न थाल्यो । २०६२÷६३ को दोश्रोजनआन्दोलन पछि अर्थात् गणतन्त्र स्थापना पछि नेपालमा पत्रकारितालेहाँगा हाल्न थालेको हो भने अहिले यो झांगिने क्रममा छ । ‘एउटा पत्रकारको कलमले राज्य व्यवस्था परिवर्तन गर्न सक्छ ।’ बरिष्ठपत्रकार गोकुल श्रेष्ठको यो भनाईलाई सापटी लिने हो भने पनि साच्[Disallowed String for - ...]ैमुलुकको हरेक राजनीतिक परिवर्तनमा पत्रकारिताको ठूलो योगदान देखिन्छ। नेपालको संक्रमण कालिन अवस्थामा पत्रकारिता गर्नु र त्यसमा पनिराजनीतिक विश्लेषणसहितको पत्रकारिता गर्नु कम चुनौति पूर्ण छैन । अहिलेसंख्यात्म रुपमा हेर्ने हो भने नेपालमा पत्रकारको संख्या दिन दुई गुणा र रातचौगुणाका दरले बढिरहेको छ । तर यसमा व्यवसायिक सफलता पाउनेपत्रकारको संख्या भने निकै कम छ । एक दशकदेखि नेपालको राजनीतिलाईसुष्म ढंगले अध्ययन गर्दै आएका पत्रकार श्रेष्ठका अनुसार संक्रमण कालमाराजनीतिक पत्रकारिता गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो । अर्कोअर्थमा भन्ने हो भने राजनीतिक पत्रकारिता गर्नेहरुले चौतर्फि दवाव र धम्कीखेपिरहनु पर्छ । पत्रकार श्रेष्ठ भन्छन्– ‘राजनीतिक पत्रकारितामा धेरै चुनौतिछन् र मज्जा पनि यसमै छ ।’ निश्चित दलको झण्डा बोकेर राजनीतिकपत्रकारिता गर्ने संस्कारलाई व्यवसायिक रुप दिएका श्रेष्ठ भन्छन्– ‘दलकोआडमा गरिने पत्रकारिताले पाठक र दर्शकलाई न्याय दिन सक्दैन, यसलेमुलुकमा थप राजनीतिक द्वन्द्व निम्त्याउँछ ।’ पत्रकारिताले आम जनतालाईसूचना दिने मात्र होइन राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने वातावरणपनि बनाउनु पर्ने सोच राख्छन् बरिष्ठ पत्रकार श्रेष्ठ । युवा अवस्थामा नै आफूलाई व्यवसायिक राजनीतिक पत्रकारको रुपमास्थापित गराउन सफल पत्रकार श्रेष्ठ एक त्यस्तो व्यक्ति बनेका छन्, जसलेगरेको एक राजनीतिक विश्लेषण र टिप्पणीले राजनीतिक दलहरुलाई पुनःसोच्न बाध्य बनाउँछ । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा भन्छन्– ‘पत्रकार श्रेष्ठले चलाएको बहसले गर्दा हामीले धेरै विषयमा दलहरुबीचसहमति जुटाउन सफल समेत भएका छौं ।’ पत्रकार श्रेष्ठले मुलुकलाई कसरीनिकास दिन सकिन्छ भन्ने उपाए सहितको राजनीतिक विश्लेषण गर्ने गरेको रअरुले पनि पाठ सिक्नु पर्ने नेता देउवाको भनाई छ । आफूलाई सधैचुनौतिसँग जुध्न मन पराउने श्रेष्ठले पटक पटक धम्की खेप्नु प¥यो । उनीभन्छन्– ‘यस्तै धम्कीले नै मलाई थप उर्जा दिने गरेको छ । म धम्कीबाटडराउने भन्दा पनि मेरो व्यवसायिक पत्रकारितालाई थप मजबुत बनाउन यसलेप्रेरणा दिएको छ ।’ कुनै पनि पेशामा अघि बढ्न धाक धम्कीबाट डराउन नहुनेसोंच राख्ने श्रेष्ठले साहस विनाको राजनीतिक पत्रकारिताको कुनै अर्थ नहुनेबताउँछन् । समग्रमा भन्ने हो भने नेपालको राजनीतिक पत्रकारितालाईव्यवसायिकता तर्फ उन्मुख गराउनुमा श्रेष्ठको ठूलो योगदान छ भन्दा दुई मतहुँदैन । राजनीतिक पत्रकारितामार्फत योगदान पु¥याए वापत पत्रकार श्रेष्ठ विभिन्नराष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भईसकेका छन् । उनलाई नेपालसरकारले ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०६५’ बाट सम्मान गरिसकेकोछ । त्यस्तै रिपोटर्स क्लव नेपाल, नेपाल पत्रकार महासंघलगायतकासंस्थाहरुले पनि पत्रकार श्रेष्ठलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानगरेको छ । तीन वटा राष्ट्रिय पत्रकारिता पुरस्कार र अरु दर्जनौं सम्मानबाटसम्मानित श्रेष्ठ भन्छन्– ‘सबैभन्दा ठूलो सम्मान पाठक र दर्शकको हो, जसको सम्मानले मलाई सधै चुनौतिसँग जुध्ने प्रेरणा दिईरहेको छ ।’ सगरमाथा टेलिभिजनमा सम्पादक र राजनीतिक व्युरो प्रमुखको जिम्मेवारीसम्हाली रहेका श्रेष्ठले टेलिभिजनमा सञ्चालन गर्ने राजनीतिक अन्तरवार्ता‘सगरमाथा विशेष’ र विशेष राजनीतिक खोजमुलक कार्यक्रम ‘खोज खवर’ का कारण टेलिभिजनको स्तर धेरै माथि गएको बताउँछन् सगरमाथाटेलिभिजनका प्रमुख निर्मल गुरुङ । गुरुङ भन्छन्– ‘सम्पादक श्रेष्ठकोयोगदानका कारण हामी यो स्थानमा आउन सफल भएका छौं । जव हामीउहाँको सोच अनुसार अघि बढ्यौं तव मात्र हाम्रो टेलिभिजनले यो स्थान पाउनसफल भएको हो । एक शब्दमा भन्ने हो भने श्रेष्ठको योगदान ‘उच्च’ छ ।’ बरिष्ठ पत्रकार श्रेष्ठका लेख र विचारहरु विभिन्न दैनिक, साप्ताहिक तथामासिक पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । उनले विश्लेषण गर्नेराजनीतिक अवस्था र त्यसले पार्ने दुरगामी प्रभाव साच्[Disallowed String for - ...]ै रोचक र सत्यपरक हुने गरेको छ । श्रेष्ठको लेखन शैली र विषय बस्तुमाथि गर्ने फरकशैलीको विश्लेषणले पाठकलाई तत्कालिन राजनीतिको वास्तविकता बुझ्नसहज बनाउने गर्छ । त्यतिमात्र होइन टेलिभिजनमा उनले प्रस्तुत गर्ने टिप्पणीदर्शकले सहज रुपमा बुझ्ने गरेका कारण पनि उनी चर्चाको शिखरमा पुगेकाहुन् । पत्रकारिता रहरले गर्ने पेशा नभएको बताउने श्रेष्ठले व्यवसायिकपत्रकारिताको आडमा राजनीति गर्नेहरुले मुलुकको हित नगर्ने बताउँछन् । हुन त उनले पत्रकारिता सुरु गर्दा नेपालमा भर्खरै पत्रकारिताको व्यवसायिकविकास सुरु भएको थियो । मुलुकको  ...

waldroffastoria · Dec 6, 2015 3:54 PM · 4,829 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all