What is Nepal? के हो नेपाल?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आखिरमा नेपाल के हो त? के नेपाल भुमि हो? या त्यस भुमिमा बस्ने मानव जाति? या यी दुबैको समिश्रण हो नेपाल? या नेपाल केवल एउटा मानव परिकल्पना हो? या नेपाल केवल ध्वनि हो जसको कुनै ठोस अस्तित्व छैन? मानव मन बिना के नेपालको अस्तित्व सम्भव छ? यदि छ भने, कहाँ छ नेपाल? मधेसी को हुन्? पहाडिया को हुन्? के इनिहरू नै हुन् त कथित नेपाली? यदि मधेसी र पहाडिया दुबैको चित्त-बुद्धिबाट स्मरण शक्ति हटाउने हो भने के इनिहरू आफु मधेसी या पहाडिया भएको प्रमाण दिन सक्लान त? नेपाली हुनुको धरातल के हो? भूत, बर्तमान, र भविस्य के अलग-अलग कुरा हुन्, यदि हुन् भने स्मरण शक्तिको के औचित्य? अनि स्मरण-शक्ति बिना नेपालको के औचित्य? के नेपाल मानव मनहरूको अंतर्जाल हो? यदि हो भने भूमिको के महत्व? देशको जन्म हुनु भनेको के हो? यदि देशको जन्म हुन्छ भने यो जन्म हुन भन्दा अगाडी कहाँ अवस्थित हुन्छ? देश मर्नु भनेको के मानव विचार मर्नु हो? मैले आँखा चिम्लेर मनमा नेपाल भनेर सोंचे भने मेरो मन भित्रको आँखामा सबै भन्दा पहिला के कुराको स्मरण आउंछ? के तेही नै हो नेपाल? यदि हो भने नेपाल मो:मो हो ! प्रतिमा र ध्वनिको समिश्रण हो त नेपाल? यदि हो भने कहाँ छ यो प्रतिमा र ध्वनि? आखिरमा के हो त नेपाल?

ujl · Dec 6, 2015 1:59 PM · 2,567 views

1 Reply

Swargia shree 5 maharaj dheraj prithivi narayan shah sarkar ko anusar 4 jaat 36 barda ko fulbari ho . haku kaley ko anusar kathmandu sahara herda lagcha rahara saala giddai gidda ko sahara deemag laga paisa kharcha varara sala kathmandu sahara herda lagcha rahara wahale purai Nepal ko parivasa chai dino bhae ko chaina .

intelligentguy · Dec 6, 2015 3:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all