लामो समयदेखि नेपाली पत्रकारितामा क्रियाशिल गगनशिला खड्का यो वर्षको शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । पत्रकारिता मार्फत समाज रुपान्तरण र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै खड्कालाई शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघले पत्रकार खड्कालाई विशेष समारोहका बीच यो पुरस्कारबाट सम्मान गरेको हो । काठमाडौमा आयोजना गरिएको पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पत्रकार खड्कालाई एक लाख रुपैयाँ नगदसहित प्रमाणत्र प्रदान गर्नु भएको हो । लामो समयदेखि नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार खड्काले मुलुकको शान्ति प्रक्रिया, शिक्षाको विकास र समाजिक रुपान्तरणका क्षेत्रमा विशेष योगदान पु¥याउनु भएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उच्च ओहोदाका कर्मचारी, बरिष्ठ पत्रकार एवं विशिष्ट<span style="font-size: 14.6666666
businesstycoon · Dec 4, 2015 3:03 PM · 10,515 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion