सगरमाथा टेलिभिजनमा सम्पादक र राजनीतिक व्युरो प्रमुखको जिम्मेवारी सम्हाली रहेका श्रेष्ठले टेलिभिजनमा सञ्चालन गर्ने राजनीतिक अन्तरवार्ता ‘सगरमाथा विशेष’ र विशेष राजनीतिक खोजमुलक कार्यक्रम ‘खोज खवर’ का कारण टेलिभिजनको स्तर धेरै माथि गएको बताउँछन् सगरमाथा टेलिभिजनका प्रमुख निर्मल गुरुङ । गुरुङ भन्छन्– ‘सम्पादक श्रेष्ठको योगदानका कारण हामी यो स्थानमा आउन सफल भएका छौं । जव हामी उहाँको सोच अनुसार अघि बढ्यौं तव मात्र हाम्रो टेलिभिजनले यो स्थान पाउन सफल भएको हो । एक शब्दमा भन्ने हो भने श्रेष्ठको योगदान ‘उच्च’ छ ।’ बरिष्ठ पत्रकार श्रेष्ठका लेख र विचारहरु विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । उनले विश्लेषण गर्ने राजनीतिक अवस्था र त्यसले पार्ने दुरगामी प्रभाव साच्[Disallowed String for - ...]ै रोचक र सत्य परक हुने गरेको छ ।
businesstycoon · Dec 4, 2015 2:45 PM · 10,311 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion