भारतीय सुन्दरीले नेपाल र नेपालीहरुसंग माफी मागिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । आफ्नो भिडियोमा नेपाललाई भारतको भूभाग भनेर चिनाएपछि विवादमा परेकी मिस अर्थ इण्डिया आइतल खोसलाले माफि मागेकी छिन् ।खोसलाले शनिबार आफ्नो इन्ट्राग्राममार्फत भनेकी छिन्, ‘प्रिय नेपाल, मेरो असावधानिले तपाईहरुकाे भावनामा चोट पुगेको छ, मैले तपाईहरुको भूभागलार्इ मेरो भिडियोमा प्रस्तुत गरेकोमा माफि चाहान्छु । ’ भिडियो प्रस्तुत भएपछि आफ्नो अलोचना भएको बताउँदै उनले गल्ति महसुस भएको बताएकी छिन्  । उनले अघि भनेकी छिन्, ‘हामी प्रिय मित्र हौ र रहनेछौं । म क्षमा चाहान्छु । ’यसअघि खोसलाले मिस अर्थमा प्रस्तुत गरेको भिडियोमा नेपाललाई भारतको भूभागका रुपमा प्रस्तुत गरेपछि विवादमा परेकी थिइन् । २ मिनेट १३ सेकेण्ड लामो उक्त भिडियोमा उनले नेपालको सगरमाथा देखाउँदैं आफ्नो देशलाई हिमालयको देश भनेकी थिइन् ।उनले उक्त भिडियो अस्ट्रियामा भइरहेको मिस अर्थमा प्रतियोगितामा प्रस्तुत गरेकी हुन् । नोभेम्बर १९ देखि सुरु भएको मिस अर्थको फाइनल भने ५ डिसेम्बरमा हुँदैंछ । उक्त प्रतियोगितामा प्रस्तुत गर्न बनाइएको भिडियोमा सगरमाथालगायतका नेपालको अन्य हिमाल र काठमाडौका दृश्यहरु समेत समेटिएको छ ।कतिसम्म भने प्राकृति सुन्दरताले भरिपूर्ण देश भनेर भारतलाई चिनाएकी उनले नेपालको सगरमाथालाई नै त्यसमा राखेपछि उनी विवादमा तानिएकी थिइन । नेपालका दृश्यहरु चोरेर भारतको देखाइएको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेपछि नेपालीहरूले चोरिएको भिडियोबारेमा कमेन्टहरू गरेका थिए । लगतै उनको उक्त भिडियोबारे समाचार बने । https://www.youtube.com/watch?... http://www.nepalipatra.com/new... Last edited: 30-Nov-15 11:59 AM

cybernepali · Nov 30, 2015 11:54 AM · 10,831 views

1 Reply

no_more_crush · Nov 30, 2015 2:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all