पूर्वयुवराज पारस शाहले नाकाबन्दीको बारे टिप्पणी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१४ मंसिर, काठमाडौं । लामो समयदेखि मौन रहेका पूर्वयुवराज पारस शाह फेसबुकमा देखिएका छन् । उनले फेसबुकमा श्रृङ्खलावद्ध टिप्पणीहरु लेख्दै नेपालको वर्तमान अवस्थाप्रति आफ्नो भावना घुमाउरो रुपमा व्यक्त गरे । ‘फ्रुट फर थट’ शीर्षक दिएर उनले चार भागमा टिप्पणी लेखेका छन् । पहिलो भागमा उनले लेखेका छन्, नेपली समाज किन पछि परेको हो ? उनीहरुले हाम्रो धर्म लगे, हामी चुप लागेर भन्यौ, ठीक छ । किन ? जब हामीसँग तीन महिनादेखि ग्यास छैन र हामी दाउरामा खाना पकाइरहेका छौं, र पनि भन्दैछौं ठीक छ, किन ? म आगोमा घ्यू थप्ने प्रयास गरिरहेको छैन । केवल हाम्रो समाजलाई बुझ्ने प्रयास मात्र गरिरहेको छु ।’ दोस्रो भागमा उनले लेखेका छन्, ‘हुन सक्छ, नेपाली समाज तिब्बतीयन समाजजस्तै सचेतनाको उच्च विन्दुमा छ । मलाई साँच्चै थाहा छैन । जनता हो, सल्लाह पाउँ ।’ तेस्रो भागको टिप्पणीमा पारसले हाम्रो शैली र हाम्रो संस्कृति खतरामा रहेको उल्लेख गरेका छन् । त्यसलाई निरन्तरता दिँदै चौथो टिप्पणीमा लेखेका छन्, ‘हाम्रो जीवनशैली खतरामा छ, किनकि १९९० को मध्यमा तथाकथित पहिलो विश्वका देशहरुले नेपाली जनताको जीवनशैलीमा आफ्ना प्रयोगहरु गर्ने निर्णय लिए । त्यसपछि के भयो, मैले नेपालीहरुलाई भनिरहनु पर्दैन । अहिले २०१५ मा नेपालको जीवनशैलीमाथि सामाजिक प्रयोग गर्नेहरु असफल भएका छन् । पेरिस आक्रमणपछि सबै कुरा परिवर्तन भएको छ । यस्तो लाग्छ, प्रयोग र वैज्ञानिकहरु पृथ्वीबाट वेपत्ता छन् । नेपाल र नेपालीलाई अहिले उनीहरुको पहिलेभन्दा बढी आवश्यकता छ, जब नेपाल भारतको आन्तरिक मामला बनेको छ । यो नेपालीहरुले मित्र छान्ने समय हो ।’ - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Nov 30, 2015 11:40 AM · 11,069 views

3 Replies

जय देश जय नरेश

nepalkoaawaz · Nov 30, 2015 5:40 PM

"हाम्रो पारस, हाम्रो चरस. प्राण भन्दा प्यारो छ" - योतभएननीसोम

Nas · Nov 30, 2015 8:48 PM

Tyahein ta fresh ma bhaneko bhae ta thikai hola sayad jhyap ma bhanera pathako jasto cha kalo chasma lagaera Mr ex prince le

intelligentguy · Dec 1, 2015 7:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all