Hope this does not happen to you

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन प्रचार अभियान थालेको छ । मंगलबारदेखि सुरु यो अभियानमा एनआरएनले नाकाबन्दीका कारण सिर्जना भएको मानवीय संकटका बिभिन्न पक्षबारे उजागर गरेको छ । ‘नेपाल होप्स दीस डजनट हेपेन टु यु’ अर्थात नेपाल चाहान्छ हामीलाई जस्तो (बिपत) तिमीलाई नपरोस्’ शीर्षकको यो अभियानमा शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक गतिबिधि, पुनःनिर्माण र रोजगारीका क्षेत्रमा कसरी नाकाबन्दीले असर गरेकेा छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतलाई दिन खोजिएको छ । ‘नेपालमा यति ठूलो बिपत पर्दा पनि अपेक्षाकृत अन्तराष्ट्रिय समुदाय सक्रिय बन्न सकेको छैन’ अध्यक्ष घलेले क्याम्पेनको उदेश्यबारे भने-‘नेपालीहरु यस्तो बिपतमा छन, तिमीहरु बोल, सहयोग गर र नाकाबन्दी खुलाउन दबाब देउ भन्ने सन्देश दिन यो क्याम्पेन थालिएको हो ।’ संघले बिभिन्न देशमा आयोजना बिरोध र्‍यालीमा यी पोष्टरहरु प्रयोग गरिने छन् । यसैगरी संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले सामाजिक संजालमार्फत् मानवीय संकट र दुरावस्थाबारे बिश्व समुदायलाई जानकारी दिनेछन् । यो अभियानमा सहभागी हुन #Nepalhopes ह्यासट्यागमा बिभिन्न तस्वीर, पोष्टर र सन्देशहरु लेखेर आवाज उठाउन सकिने छ । भूकम्पका बेला नेपालका भत्किाएका घरका दर्दनाक तस्वीर छाप्ने अन्तराष्ट्रिय मिडियाहरुले नाकाबन्दीका कारण त्योभन्दा ठूलो संकट उत्पन्न हुँदा पनि नेपालको संकटबारे खुलेर बोल्न सकिरहेका छैनन् । ‘हामीले अन्तराष्ट्रिय मानवीय सहायत संस्थाहरुलाई नेपालतिर आँखा लगाउन प्रेरित गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौं’ अध्यक्ष घलेले भने-‘नाकाबन्दी खेप्न बाध्य निर्दोष नेपाली जनताको दुःख र कष्टलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन बैकल्पिका बाटो अपनाउन खोजेका हौं ।’ फेसबुक प्रोफाइल तस्वीर - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Nov 24, 2015 11:48 AM · 10,542 views

1 Reply

Use this also as a Banner Hitler killed about 20 million people Stalin killed about 15 million people Modi is trying to starve to death 30 million Nepalese ...(minus some madhesis most of whom have fake citizenship or are bribed to do so) Modi is the most dangerous man in the world He should be called the terrorist and should be put in prison. New Hitler is brewing in the world and it is Modi Spread this around Soon the world will know It is a horror crime to torture innocent people who just suffered from earthquake.

terrormodi · Nov 25, 2015 8:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all