आयल निगम प्रमुखकै निर्देशनमा यसरी हुन्छ इन्धन कालोबजारी (प्रमाणसहित) २०७२ मंसिर ४ गते २०:१७ मा प्रकाशित ४ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काकै निर्देशनमा भलवारी डिपोले राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको खुलेको छ । भलवारीबाट तेल लिएर आएको ना ४ ख ७१४५ नम्बरको ट्यांकरलाई प्रहरीले नवलपरासीबाट नियन्त्रणमा लिएको थियो । स्थानीय प्रशासनलाई सूचना आएको थियो कि यो तेल कालोबजारी गर्ने प्रयोजनले नियम विपरित दिइएको हो । तर, अनुसन्धानका क्रममा आयल निगमका प्रमुख खड्काले ठाडो आदेशमा तेल दिइएको पाइएको छ । अनलाइनखबरलाई प्राप्त कागजातहरुका अनुसार काठमाडौंको हामा आयल स्टोरले रिङरोड विस्तार गर्दै आएको संघाई ग्रुपलाई भन्दै तेल मागेको थियो । यसअघि काठमाडौंको डिपोबाट तेल दिँदै आएको उसले यो पटक भने भैरहवाको भलवारी डिपोबाट तेल दिन माग गर्दै पत्र लेखेको थियो । जसलाई निगमका कार्यकारी निर्देशक खड्कालाई तोक लगाइदिए । जबकी आयल निगमले कुनै डिपोलाई काठमाडौंका पम्पलाई तेल दिने कुनै अधिकार नभएको आयल निगमकै अधिकारीहरु बताउँछन् । अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपवछि निगमले अहिले सबै नाकाबाट आएको तेलको ७५ प्रतिशत तेल सिधै काठमाडौंको थानकोट डिपोमा पठाउन भनेको निगमका एक निमित्त निर्देशकले बताए । काठमाडौंमा आएको तेलबाटै थानकोट डिपोले पालैपालो विभिन्न पम्पहरुलाई तेल दिने तालिका तय गर्ने गरेको छ । ‘सिधै भलबारी डिपोले काठमाडौंको पम्पमा तेल दिने अधिकार राख्दैन’ स्रोतले भन्यो-झन अहिले संकटको बेला सबै डिपोलाई सिधै तेल काठमाडौंका पम्पमा नपठाउन भनिएको छ ।’ भलवारी डिपो प्रमुख दिनेशकुमार यादवले पनि कार्यकारी निर्देशक खड्काको निर्देशनमा तेल दिएको बताएका छन् । नियमका अधिकारीहरुका अनुसार कुनै पनि ठूलो आयोजनाले थानकोट वा अन्य डिपोहरुबाट सिधै तेल लैजाने गरेका छन् । तर, कार्यकारी निर्देशक खड्काले पम्पहरुसँग मिलेर कालोबजारी गर्ने नियतले नियम विपरित तेल दिएको यो प्रमाण भएको निगमकै अधिकारीहरु बताउँछन् । http://www.onlinekhabar.com/20...
metta · Nov 20, 2015 4:35 PM · 26,797 views
खड्कालाई कारबाही गर्न निगम सञ्चालक समितिको सिफारिश नेपाल आयल निगम सञ्चालक समितिले निगम निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिश गरेको छ। समितिको आज बसेको बैठकले खड्काले दिएको जवाफ चित्त बुझ्दो नभएको र उनलाई बारम्बार बैठकमा उपस्थित हुन बोलाउँदा पनि नआएपछि कारबाहीका लागि सिफारिश गरेको समितिका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए। निगम सञ्चालक बोर्ड सदस्य सूर्यप्रसाद आचार्यले खड्कालाई निलम्बन नगरिएको तर कारबाहीको लागि मन्त्रालयमा सिफारिश गरिएको बताए। खड्कालाई सञ्चालक बोर्डले इन्धन असहज भएको समयमा मन्त्रालयलाई वितरणमा सहयोग नगरेको, आफूखुसी तेल वितरण गर्दै कालोबजारीलाई प्रोत्साहन गरेको भन्दै गत शुक्रबार लिखित स्पष्टिकरण मागेको थियो। पत्र बुझ्न नमानेका खड्कालाई मन्त्रालयका कर्मचारीले उनको कार्यालयको सचिवालयमा चिठी छोडेर आएका थिए। स्पष्टिकरणका लागि उनलाई २ दिनको समय दिइएको थियो। खड्काले समयसीमाभित्रै सोमबार बेलुका बोर्डलाई स्पष्टिकरण पेस गरेका थिए। खड्काले स्पष्टिकरण पेश गरेलगत्तै सञ्चालक बोर्डले बारम्बार उनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेका थिएनन्। सञ्चालक बोर्ड सदस्य सचिव समेत रहेका खड्काले बैठकको म्यानुट पनि उपलब्ध गराएका थिएनन्। बोर्डमा मन्त्रालयका सचिव अध्यक्ष र निगमका निर्देशक सदस्य सचिव हुने व्यवस्था रहेको छ। खड्काको नियुक्त मन्त्रिपरिषद बैठकबाट भएकाले उनलाई हटाउने अधिकारपनि मन्त्रिपरिषद्लाई नै हुन्छ। निगम उच्च स्रोत भन्छ– यो वितरण असहज गरेको भन्दा पनि पूर्व मन्त्री सुनिलबहादुर थापालाई निर्देशक पदबाट हटाई खड्कालाई नियुक्ति गरेका थिए। सोही समयमा खड्का र मन्त्रालयका सचिव नगेन्द्र उपाध्यायबीचको मनमुटावले समस्या सुरु भएको थियो। स्रोत भन्छ - खड्काले बैधानिक रूपमा नै भैरहवाको भलबारी डिपोबाट आयल निगमको प्रचलित मूल्यमै हामा पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल उपलब्ध गराएको थिए। यसअघि खड्काले विराट र पेट्रोलिम्याक्स कम्पनीलाई इन्धन खरिदको सम्झौतामा मन्त्रालयको सहकार्यमा नै सम्झौता गरेको स्रोतको दाबी छ। खड्काले कालोबजारी गरेको सूचना बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयल निगमबाट भएको इन्धन वितरणको कागजात माग गरी अनुसन्धान अघि बढाएको छ। अख्तियार अगाडि बढाएको अनुसन्धानमा बोर्डले खड्कासँग स्पष्टिकरण आवश्यक नहुने जनाएको थियो। प्रकाशित मिति: शुक्रबार, मंसिर १८, २०७२ http://setopati.com/raajneeti/...
metta · Dec 4, 2015 4:32 PM
खड्कालाई संरक्षण गरेको आरोप पछिल्लो समय नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको विषयलाई लिएर अख्तियारका पदाधिकारीवीच अन्तरविरोध सतहमा आएको हो । खड्काको विषयमा परेको उजुरीमाथि अख्तियारले छानविन गरिरहेको भन्दै प्रवक्ता कृष्णहरी पुस्करले पत्रकार सम्मेलन गरेकोप्रति आयुक्तहरुले नै अनभिज्ञता जनाएका छन् । स्रोतका अनुसार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले निगम प्रमुख खड्कालाई कारवाही वा छानविन गर्नुको साटो उल्टै उनको संरक्षण गरेको र प्रवक्ताले छानविन हुँदैछ भनेर जनतालाई ढाँटेको आयुक्तहरुको गुनासो रहेको स्रोत बताउँछ । ‘गोपालबहादुर खड्कामाथि छानविन हुँदैछ भनेर कसैले विश्वासमा नपरे हुन्छ, अख्तियार प्रमुखले उनलाई संरक्षण गरिरहेका छन्,’ स्रोतले भन्यो, अख्तियारले आयोजना गरेको पत्रकार सम्मेलनबारे पदाधिकारीहरुलाई जानकारी नै दिइएको छैन, खड्कामाथि अख्तियारले कुनै छानविन गरिरहेकै छैन ।’ http://www.onlinekhabar.com/20... लोकमानको ज्वाइँ नाता परेकै कारण अकुल सम्पत्तिको उजुरी र आयल निगमको भ्रष्टाचारका दर्जनौँ दृष्टान्त हुँदाहुँदै पनि गोपाल खड्का किन जोगिन्छन् ? http://janaaasthanews.com.np/6...
metta · Dec 20, 2015 8:03 AM
भारत भन्दा शक्तिशाली गोपालबहादुर खड्काले भारतले नाकाबन्दी खोले पछि पनि नेपालमा नाकाबन्दी कायम राख्न सफल भएका छन् |
metta · Mar 2, 2016 6:40 PM
khadka is lokmans samdhi and ganesh thapais lokmans brothers smdhi.thats why they are so powerful.
shiva_linga · Mar 2, 2016 8:47 PM
नाका खुलेपछि पनि असहज,कहाँ जान्छ दैनिक आठ लाख लिटर इन्धन ? नाका खुलेपछि पनि असहज भारतले नाकाबन्दी खुलेको तीन हप्ता हुँदा पनि उपत्यकामा इन्धन सहज हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ। सामान्य अवस्थामा भन्दा धेरै इन्धन वितरण भइरहेको आयल निगमका अधिकारीले बताएका छन् । नाका खुलेपछि प्रहरीले पेट्रोलपम्पहरूबाट वितरण हुने इन्धनको हिसाब राख्न छाडेको छ । जसकारण पम्पहरूले ठूलो मात्रामा इन्धन लुकाएर महँगोमा बिक्री गरेको आशंका छ । आयल निगमका अनुसार उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण हुँदै आएको छ । सामान्य अवस्थामा तीन लाख लिटर पेट्रोल र चार लाख लिटर डिजेल वितरण हुन्थ्यो । तर, अहिले सामान्य अवस्थामा भन्दा बढी इन्धन वितरण हुँदा पनि सर्वसाधारणले सहज रुपमा पाएका छैनन् । उपत्यकामा आयल निगम र पम्पबाटै कालोबजारी हुँदा इन्धनको अभाव भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । बुधबार गृहमन्त्री शक्ति बस्नेतको नेतृत्वमा बसेको बैठकले सामान्य अवस्थामा माग भन्दा धेरै इन्धन वितरण हुँदा पनि अभाव हुनुले कालोबजारी भइरहेको निष्कर्ष निकालेको हो । उपत्यका बाहिरका जिल्लामा सहज हुँदै गए पनि उपत्यकामा भने इन्धन अभावको चर्काे समस्या भएपछि गृहमा बैठक बसेको थियो । प्रकाशित मिति: बिहीबार, फाल्गुण २०, २०७२ ०६:२३:४८ http://setopati.com/chapa-bata...
metta · Mar 2, 2016 9:02 PM
विवादित खड्कालाई अाेलीको सम्मान 30 Mar 2016 | 17:42pm बुधबार १७ चैत्र, २०७२ निगमका प्रमुख कार्यकारी निर्देशक गोपाल खड्कासँग तस्विर खिचाउँदै प्रम ओली काठमाडौं— पेट्रोलियम पदार्थ र ग्यास कालाबजारीमा संलग्न भएको आरोप खेप्दै आएका नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक गोपाल खड्का प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालको १८ औं वार्षिकोत्सव कार्यक्रममा सम्मानित खड्कालाई प्रधानमन्त्री ओलीले सम्मानपत्र दिए। खड्कालाई सत्तारुढ एमालेकै विद्यार्थी संगठन अनेरास्ववियूले दुई साताअघि कालोबजारी नाइके घोषित गर्दै कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो। मंगलबार एमाले अखिलले सार्वजनिक कार्यक्रममा बोलाएर प्रमुख अतिथि झैँ मञ्च दिएर प्रस्टिकरणको अवसर दिएको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीले खड्कालाई सम्मानित गरेका हुन्। ऋषि धमाला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले खड्कालाई सम्मान गर्दै ताम्रपत्र दिएको हो। प्रधानमन्त्री ओलीबाट सम्मानपत्र थाप्न मञ्चमा आएका खड्काले प्रधानमन्त्री ओलीलाई नमस्ते गरेका थिए। ओलीले नमस्ते भने फर्काएनन्। बरु सम्मानपत्र हस्तान्तरण गरेपछि खड्कासँग हात मिलाए। संयुक्त फोटोका लागि पोज दिए। कालोबजारीलाई सरकारको संरक्षण रहेको व्यापक जनगुनासो छ। निगमले भने ८० प्रतिशत इन्धन र ६० प्रतिशत ग्यास मात्रै भारतबाट अाइरहेकाले अभाव नहटेको प्रस्टिकरण दिँदै अाएको छ। http://nagariknews.com/main-st... Durga Prasad Timilsina · Leader at Student ऋषि धमला जस्तो पत्रकार गोपाल खड्का जस्तो कर्मचारि र के पि ओलि जस्तो प्रधानमन्त्री भय पछि जनताले यॉभन्दा शुख कतिपाऊनि Krishna Giri nepalma prachalit purano ukhanma "chorlai choutaro, sadhulai suli " bhaneko yehi ho. mukhma bujo lagai diya pachi rishi pani chuplagera gun gan garnenai bhaya. पेट्रोल मन्त्री ऋषि धमला(1) सर्वसाधरणले १ लिटर नपाउने !(2) ऋषि धमलाले ४० लिटर कुमल्याउने(3) भ्रष्टचार हो की ? केपी ओलीको उपहार हो ? ऋषि जी(4) पत्रकारको नाममा तिमी कलङ्क हो !(5) कुरीकुरी मुख छोपेर हिडनु है ! ऋषि जी Ang Kaji Sherpa October 20, 2015
metta · Mar 30, 2016 7:42 PM
इन्धन चाहिएजति आउँछ तर किन सहजै पाइँदैन ? काठमाडौंं, चैत २६ भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ। अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात पनि भएको छ।नयाँ पत्रिका दैनिकमा समाचार छ। तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन। तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ। निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मानअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए। ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन।’ इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ। ‘व्यावसायिक उपभोत्तःाले फेरि पनि अभाव हुने आशंकामा ाचहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने। उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ। इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ। सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए। टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए। मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो। प्रकाशित मिति: शुक्रबार, चैत्र २६, २०७२ ०६:०६:५३ http://setopati.com/chapa-bata...
metta · Apr 7, 2016 7:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion