प्राशाको आशा ...Support Prasha for New Lungs

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुइ महिना अघि "नेपथ्य"को न्यूयोर्क कन्सर्ट बारे सेतोपाटीमा भिडियो सहितको एउटा लेख छापिएकियो थियो - "नेपथ्य नायिका" शिर्षक | पढ्दा पढ्दै ती नायिकाको नाममा मेरो आँखा रोकियो - "प्राशा तुलाधर " | त्यो कन्सर्ट हुनु भन्दा केही हफ्ता अगाडी मेरो फेसबुकमा जोड्न एउटा अनुरोध आएको थियो -प्राशा तुलाधर नाम कै | दुवै एकै व्यक्ति परेछ | बिबिध कारणले फेसबुकमा समयमै जोड्न नसकेकोमा थकथकी लाग्यो नै | http://setopati.com/sahityapat... संक्षेपमा परिचय दिनु पर्दा प्राशा तुलाधर काठमाडौको पुरातन शहरको पुरातन समाजमा हुर्केकी, टोल बजार भन्दा पर नजाने दौंतरीहरु माझ हुर्केकी जीवनको ३०औ बसन्त पनि नदेखिएकी, हाल न्यूयोर्ककी बासिन्दा हुन्| २३ बर्षकी हुँदा कलेज पढ्दा पढ्दै  Scleroderma भन्ने  र त्यसको केही बर्ष पछी अत्यन्तै बिरलै लाग्ने  Pulmonary Fibrosis भन्ने रोगले आक्रान्त छिन् | फोक्सोले "जीवन वायु" अक्सिजन लिन र रगतमा मिसाउन क्षमता कम हुँदै जाने रोगले अहिले प्राशा बहिनी ग्रसित छिन् र अक्सिजनको सिलिन्डर बोकेर रोग बिरुद्ध जीवन संघर्ष गरिराखेकी छिन | जीवनमा धेरै थोक गर्न बाँकी छ र केही सार्थक दिन बाच्ने रहर बाँकी नै छ, हामीलाई जस्तै  | फोक्सोको प्रत्यारोपण बाहेक अन्य कुनै बिकल्प छैन | प्रत्यारोपणको लागि लाममा बसेकी छे | हर दिन हरपल सिलिन्डरलाइ च्यापेर फोनको घन्टी बज्ला र प्रत्यारोपणको लागि बोलाउला भनेर कुरेर बसेकी छे |  यही क्रममा हिजो शनिबार प्रत्यारोपण गर्नको लागि फोक्सो मिलेकोले बोलावट आयो र धेरै आशा बोकेर अस्पताल पुगिन् | आबश्यक पूर्ब तयारी सके पछी प्रत्यारोपण गर्ने बिशेषज्ञ सर्जनले प्राप्त फोक्सो प्रत्यारोपणको लागि योग्य नभएको भनेर घर फर्काइ दियो | दूर क्षितिजमा देखिएको प्राशाको आशा फेरी निराशामा बदलियो | प्राशाले हिम्मत हारेकी छैनन्, हार्ने पनि छैन | अक्सिजनको सिलिन्डर बोकेरै २ बर्षे छोरीको खुसीमा हाँसेकी छे | दिनदिनै उनी जस्तै बिरामीहरुलाई काउन्सिलिंग गर्दै छे | जीवन  जिउने आशाको गीत  गाउँदै छे | प्रत्यारोपणको  लागि फेरी अर्को टेलिफोनको घन्टी कुरिरहेकी प्राशाको नयाँ र सार्थक जीवनको लागि प्रार्थना गरौँ | सबै मायालु मनहरुलाई आर्थिक र भावनात्मक सहयोगको लागि निम्न सहयोग पेजमा जानु भै मनले खाएको "धन" दान  गरिदिन हुन हार्दिक अनुरोध  गर्दछु | https://www.gofundme.com/newlu... धन्यबाद !! Last edited: 15-Nov-15 06:37 PM Last edited: 15-Nov-15 07:47 PM Last edited: 15-Nov-15 08:48 PM

rahulvai · Nov 15, 2015 6:34 PM · 15,702 views

1 Reply

प्राषाको नाममा दुइ सब्द कोरिदिनु भएकोमा मुरी मुरी धन्यवाद ठुल्दाई / आसा गरौ भगवानले उनको आसा अवस्य पुरा गर्नेछ /

Karnali Blues · Nov 18, 2015 9:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all