नाकाबन्दीविरुद्ध ह्वाइट हाउस अगाडि प्रदर्शन गरिने वासिङ्टन डिसी— भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीविरुद्ध डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नागरिक समाजको अगुवाइमा नोभेम्बर १५ का दिन विरोध प्रदर्शन गरिने भएको छ। भारतीय नाकाबन्दीविरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउस अगाडि हजारौं व्यक्ति जम्मा भएर प्रदर्शन गर्ने तयारी भएको हो। विद्यार्थी, साहित्यकार, शिक्षक, प्राध्यापक लगायत सबै पेशामा संलग्न नेपालीहरुलाई प्रदर्शनमा सहभागी हुन अायोजकले अाह्वान गरेका छन्। नागरिक समाजले अन्य मुलुकका नागरिकहरुलाई समेत विरोध प्रदर्शनमा सहभागी भइदिन आग्रह गरेको छ। विरोध प्रदर्शनका लागि स्थानीय प्रशासनलाई सूचित गरिसकिएको र अनुमति समेत लिइसकिएको आयोजकले बताएका छन्। संविधान निर्माणमा असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाउँदा नेपालमा औषधि, इन्धन लगायत अत्यावश्यकीय वस्तुहरुको अभाव भइरहेको छ। नाकाबन्दीका कारण दयनीय रुपमा दशैँ मनाएका नेपालीहरुको अवस्था तिहारमा पनि उस्तै छ। http://nagariknews.com/diaspor...
metta · Nov 11, 2015 8:00 AM · 1,655 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion