राप्रपा नेतृ शाहीको घरमा किशोरी मृत फेला परिन् 08 Nov 2015 आइतबार २२ कार्तिक, २०७२ केपी ढुंगाना काठमाडौं- राप्रपा नेपालकी सभासद कुन्ती शाहीकी घरेलु सहयोगी शौचालयमा मृत अवस्थामा फेला परेकी छिन्। दैलेखकी १४ बर्षीय सिता गिरी घरको तेस्रो तलाको शौचालयमा आइतबार पासो लगाएको अवस्थामा भेटिएकी हुन्। रत्नराज्य उच्च माविमा कक्षा ६ मा अध्यानरत गिरीको शव विहान ९ बजे फेला परेको महानगरीय प्रहरी बृत बानेश्वरका प्रमुख डीएसपी दानवहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार घटनास्थलको मुचुल्का गरी शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। 'उनको आमा वुवा आएपछि पोष्टमार्टम गर्ने गरी आज शव फ्रिजमा राख्न अस्पताल पठाएका छौं' कार्कीले भने, 'अभिभावक आएपछि बाँकी प्रक्रिया अघि बढाउँछौं ।' प्रारम्भिक अनुसन्धानमा उनी साढे ६ बजे उठेर नुहाइ चिया पिएर घरको तेस्रो तलामा गएको खुलेको छ। उनको शव सलले पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दियो। http://nagariknews.com/society...
metta · Nov 9, 2015 4:47 PM · 1,787 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion