काठमाडौं, १९ कात्तिक । पूर्व यूवराज पारस शाह विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् । थाइल्याण्डमा रेटुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनले केही दिनअघि काठमाडौंमा पनि एक रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् । रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए । पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए । त्यतीबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेन्टमा मदिरा पिएर बसेको खबर पाएपछि प्रहरी भने हस्तक्षेप नगरी पार्किङमा बसेको थियो । बेलुका करिब साढे १० बजे उनी फर्किएपछि प्रहरी पनि फर्किएको थियो । बा ११ च ४११५ नम्बरको गाडी चढेर उनी फर्किएका थिए । खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ । लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो । करिब ६ महिना अघि नेपाल आएका उनी उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाएपनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् । थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयूवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् । बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् । बैंककमा हुुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई [Disallowed String for - ...]ित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् । - See more at: http://dainiknepal.com/2015/10...
cybernepali · Nov 5, 2015 3:40 PM · 7,907 views
"हाम्रो पारस, हाम्रो चरस प्राण भन्दा प्यारो छ" - मेरो साझाको परम मित्र "यो त् भएँननी सोम" को महावाणी
Nas · Nov 5, 2015 5:48 PM
Sarkar hazor ko ramro khabar yo kan le kahele sunna paone ho khali naramro khabar matra aaouncha patrika ma . yuba haru lai bigario yo mampakha raksi gaja churot le dhait.
intelligentguy · Nov 5, 2015 7:23 PM
wish somebody would shoot this ugly ass [Disallowed String for - No bad mouthing]cker
whiteboi · Nov 5, 2015 8:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion