सोचेजस्तो छैन अमेरिका - निर्जला कक्षपति, काठमाडौं बास्तबमा सोचेको अमेरिका भोगेपछि भेटिँदैन। भोगेको अमेरिका सोँचेको हुँदैन। तैपनि अमेरिका हामीमध्ये धेरैका लागि ‘ड्रिम ल्यान्ड’ नै छ। कार्तिक १५, २०७२- पेट्रोल र ग्यास पाइन्छ कि भनी जति ठूलो भीड पेट्रोल पम्प र ग्यास बेच्ने पसलमा देखिन्छ त्यत्ति नै अमेरिका जान चाहनेहरूका भीड डीभी भर्ने पसलमा हिजोआज देखिने गरेको छ। पेट्रोल र ग्यासको लाइन बस्नु त छँदै छ, चाडबाडको यो महत्त्वपूर्ण समयमा डीभीको फर्म भर्नेको लाइन देखेर यो समय डीभी भर्ने मौसमी पर्वजस्तो पनि लाग्छ। युवायुवती अनि वयस्क सबैको घुइँचो देखिन्छ डीभी भर्ने पसलहरूमा। सबैको एउटै चाहना छ, यहाँ जस्तो आधारभूत आवश्यकता परिपूर्तिका लागि त तनाव लिनु पर्दैन अमेरिकामा। डीभी भर्न आएकामध्ये केही व्यक्तिसँग कुराकानी गर्दा, धेरैको एउटै आकांक्षा पाइयो, अमेरिका गएपछि सुखी जीवन बिताउन सकिन्छ। के अमेरिकामा सोचजस्तै जीवन सहज र सुखी छ त? धेरैले सोच्ने गर्छन् अमेरिकामा डलर कमाइन्छ, त्यसैले जीवन सुखी हुन्छ। हुन पनि पद्धति बसेको देशमा प्राविधिक सीप हुनेलाई, अंग्रेजीमा राम्रो दख्खल हुनेहरूलाई र मिहेनत गर्नेले छोटो समयमा निकै राम्रो कमाइ पनि गर्ने गर्छन्। तर हाम्रो जस्तो विकान्सोमुख राष्ट्रका मानिस जति नै पढेर गए पनि त्यहाँ गएर राम्रो काम पाई हाल्दैनन्। विडम्बना नै मान्नुपर्छ नेपालमा जति पढे पनि, राम्रो काम गरे पनि अमेरिकामा त्यस्सको मान्यता बिरलै पाइन्छ। नेपालमा काम गरेको आधारमा अमेरिकामा काम पाउनु भनेको फलामको च्युरा चपाउनु सरह हो। त्यसैले अलिकता सहज र राम्रो काम पाउन त्यहींकै शिक्षा लिन र मिहेनत गर्नु जरुरी छ। त्यसैले डीभी परेर होस् या पीआर पाएर जाँदा होस् त्यस देशको सेवासुविधा प्राप्त गरे पनि काम भने राम्रो पाउन गाह्रै पर्छ। नेपालबाट जाने अधिकांशले सुरुवाती काम गर्ने भनेको रेस्टुरेन्ट, ग्यास स्टेसन र ग्रोसरी स्टोरमा नै हो। नेपालबाट गएका युवा विद्यार्थी, डीभी परेर गएकाहरू र त्यतै पुगेर शरणार्थी अर्थात् ‘असाइलम’ लिएकादेखि वैधानिक, अवैधानिक अधिकांशलाई ग्यास स्टेसनले थेगेको छ। विशेष गरी सहरवासीका लागि अमेरिका जानु भनेको एउटा रहर र देखासिखी हो। रहरैरहरले अमेरिका पुगेकाहरूको त्यहाँ पुग्नेबित्तिकै अर्को बाध्यता सुरु हुन्छ। किनभने नेपालबाट पैसा थेगेर अमेरिका बस्न असम्भव प्राय: छ। त्यसैले अमेरिकामा बाँच्नका लागि कामको विकल्प छैन। सन् २०१७ का लागि अमेरिकन सरकारले अक्टोबर १ देखि नोभेम्बर ३ अर्थात् असोज १४ देखि कात्तिक १७ गतेसम्म डीभीको आवेदन फर्म खुला गरेको छ। ५०,००० डाइभर्सिटी भिसा डीभी उपलब्ध गराइने अमेरिकी सरकारले जनाएको छ। सम्पूर्ण देशबाट प्राप्त डीभी फर्मको चिट्ठा अंग्रेजी महिनाको मे महिना २०१६ मा अमेरिकाको केन्ट राज्यमा खुल्छ। बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एक्वेडोर, एल्साल्भाडोर, हाइटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य, उत्तरी आयरल्यान्डबाहेक र उसका आश्रीत भूभाग र भियतनामलगायतका देशले विगत पाँच वर्षमा ५० हजारभन्दा बढी नागरिक संयुक्त राज्य अमेरिका पठाइसकेका कारण डीभी २०१७ का लगि योग्य ठानिएको छैन। त्यसैले यी देशका नागरिकले डीभीका लागि फर्म भर्न सक्दैनन्। यीबाहेक अन्य देशका नागरिकका लागि भने अमेरिकी सरकारले डीभी फर्म भर्दा कुनै शुल्क नलाग्ने भनेको छ तर विभिन्न इन्स्टिच्युट, कम्पनी र फोटो ल्याबहरूले फोटो र फर्म भरिदिएबापत भन्दै एकजनाको ५०० देखि ७०० रुपैयाँसम्म नागरिकसँग पैसा उठाउने गरेका छन्। यसरी डीभी चिठ्ठा भरेबापत रकम असुल्ने व्यक्ति तथा कम्पनीलाई प्रहरीले कारबाही गर्न सकेको छैन। विगतका वर्षहरूमा केन्द्रीय गोस्वारा हुलाकबाट पनि फर्म भरेर पठाउन सकिन्थ्यो, यसपालिदेखि हुलाकले पनि यो क्रम भंग गरेको छ। अहिलेसम्म कति नेपालीले डीभी भरे र कतिले प्राप्त गरे भन्ने एकिन तथ्यांक छैन। सन् २००० को हाराहारीदेखि अमेरिकामा नेपालीको संख्या बढेको छ। मूलत: नेपालको खस्कँदो र निराशालाग्दो राजनीतिक तथा आर्थिक अवस्था, बेरोजगारी, असुरक्षा र डीभी भिसाप्रतिको आकर्षणले गर्दा अमेरिकातिर नेपाली तानिएका छन्। एक तथ्यांकअनुसार, अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा नेपाली रहेका छन्। अमेरिकामा नेपाली आप्रवासीको इतिहास हेर्ने हो भने अन्य देशको तुलनामा न्यून रहेको मान्नुपर्छ। अमेरिकी आप्रवासी विभागको तथ्यांकअनुसार सन् १८८१–१८९० सम्ममा १९१० जना अमेरिका प्रवेश गरेको पाइन्छ। तर यो संख्याभित्र नेपाली नागरिकको संख्या कति थियो भन्ने छुट्याइएको छैन। अमेरिका विश्वकै सबभन्दा ठूलो, विकसित र धनी राष्ट्र हो। त्यसैले गरिब राष्ट्रका नागरिकका लागि अमेरिका सपनाको देश बनेको छ। त्यसैले अमेरिका पुगेर त्यहाँको शिक्षा लिनेहरूले अमेरिकामा राम्रै काम पाएर स्थापित पनि भएका छन् । उनीहरूको सपना साकार पनि भएको छ तर जोसँग अंग्रेजी भाषाको ज्ञान छैन, त्यस्तालाई भने अमेरिका घाँडो बन्ने गरेको छ। वास्तवमा सोचेको अमेरिका भोगेपछि भेटिँदैन। भोगेको अमेरिका सोचेको हुँदैन। तैपनि अमेरिका हामीमध्ये धेरैका लागि ‘ड्रिम ल्यान्ड’ नै छ। बनारसी लड्डु भने पनि हुन्छ अमेरिकालाई ‘खाया तो भी पछुताया, नही खाया तो भी पछुताया।’ त्यसैले उमेरले ५० काटेकाहरू पनि कतै अमेरिका जान पाइहालिन्छ कि भनेर डीभी भर्न पछि परेका छैनन्। डीभी परेर अमेरिका जानेहरू ६ महिना पनि राम्रोसँग बस्न नसकेर फर्किएका उदाहरण हामीसँग थुप्रै छन्। कति त अमेरिकामा सोचेजस्तो डलर कमाउन सहज नबनेपछि डिप्रेसनमा पर्ने गरेको र आत्महत्या गर्ने गरेको समाचार पनि हामीले सुन्दै आएका हौं। तैपनि हामी नेपालीलाई अमेरिका जाने भूतले छाडेको छैन। डीभीप्रति युवायुवतीको आकर्षण देख्दा शिक्षित वर्गलाई कामका लागि चिट्ठा भरेर विदेश निर्यात गरेको जस्तो लाग्छ। अंग्रेजीमा कमान्ड र प्राविधिक सीप नभएकाहरूलाई अमेरिकामा रहन निकै कठिन छ। समुद्री किनार, स्ट्याचु अफ लिबर्टी, टाइम्स स्क्वायर, गोल्डेन गेट र हलिउडमा बसेर खिचेको फोटो फेसबुकमा सेयर गरेको देखेर अमेरिकालाई स्वर्ग ठान्नु गलत हो। स्वर्ग त आफ्नै देशलाई ठान्नुपर्छ। प्रकाशित: कार्तिक १५, २०७२ http://bit.ly/1KOjz1S
cybernepali · Nov 4, 2015 10:34 AM · 1,502 views
सोचेजस्तो छैन अमेरिका - निर्जला कक्षपति, काठमाडौं बास्तबमा सोचेको अमेरिका भोगेपछि भेटिँदैन। भोगेको अमेरिका सोँचेको हुँदैन। तैपनि अमेरिका हामीमध्ये धेरैका लागि ‘ड्रिम ल्यान्ड’ नै छ। कार्तिक १५, २०७२- पेट्रोल र ग्यास पाइन्छ कि भनी जति ठूलो भीड पेट्रोल पम्प र ग्यास बेच्ने पसलमा देखिन्छ त्यत्ति नै अमेरिका जान चाहनेहरूका भीड डीभी भर्ने पसलमा हिजोआज देखिने गरेको छ। पेट्रोल र ग्यासको लाइन बस्नु त छँदै छ, चाडबाडको यो महत्त्वपूर्ण समयमा डीभीको फर्म भर्नेको लाइन देखेर यो समय डीभी भर्ने मौसमी पर्वजस्तो पनि लाग्छ। युवायुवती अनि वयस्क सबैको घुइँचो देखिन्छ डीभी भर्ने पसलहरूमा। सबैको एउटै चाहना छ, यहाँ जस्तो आधारभूत आवश्यकता परिपूर्तिका लागि त तनाव लिनु पर्दैन अमेरिकामा। डीभी भर्न आएकामध्ये केही व्यक्तिसँग कुराकानी गर्दा, धेरैको एउटै आकांक्षा पाइयो, अमेरिका गएपछि सुखी जीवन बिताउन सकिन्छ। के अमेरिकामा सोचजस्तै जीवन सहज र सुखी छ त? धेरैले सोच्ने गर्छन् अमेरिकामा डलर कमाइन्छ, त्यसैले जीवन सुखी हुन्छ। हुन पनि पद्धति बसेको देशमा प्राविधिक सीप हुनेलाई, अंग्रेजीमा राम्रो दख्खल हुनेहरूलाई र मिहेनत गर्नेले छोटो समयमा निकै राम्रो कमाइ पनि गर्ने गर्छन्। तर हाम्रो जस्तो विकान्सोमुख राष्ट्रका मानिस जति नै पढेर गए पनि त्यहाँ गएर राम्रो काम पाई हाल्दैनन्। विडम्बना नै मान्नुपर्छ नेपालमा जति पढे पनि, राम्रो काम गरे पनि अमेरिकामा त्यस्सको मान्यता बिरलै पाइन्छ। नेपालमा काम गरेको आधारमा अमेरिकामा काम पाउनु भनेको फलामको च्युरा चपाउनु सरह हो। त्यसैले अलिकता सहज र राम्रो काम पाउन त्यहींकै शिक्षा लिन र मिहेनत गर्नु जरुरी छ। त्यसैले डीभी परेर होस् या पीआर पाएर जाँदा होस् त्यस देशको सेवासुविधा प्राप्त गरे पनि काम भने राम्रो पाउन गाह्रै पर्छ। नेपालबाट जाने अधिकांशले सुरुवाती काम गर्ने भनेको रेस्टुरेन्ट, ग्यास स्टेसन र ग्रोसरी स्टोरमा नै हो। नेपालबाट गएका युवा विद्यार्थी, डीभी परेर गएकाहरू र त्यतै पुगेर शरणार्थी अर्थात् ‘असाइलम’ लिएकादेखि वैधानिक, अवैधानिक अधिकांशलाई ग्यास स्टेसनले थेगेको छ। विशेष गरी सहरवासीका लागि अमेरिका जानु भनेको एउटा रहर र देखासिखी हो। रहरैरहरले अमेरिका पुगेकाहरूको त्यहाँ पुग्नेबित्तिकै अर्को बाध्यता सुरु हुन्छ। किनभने नेपालबाट पैसा थेगेर अमेरिका बस्न असम्भव प्राय: छ। त्यसैले अमेरिकामा बाँच्नका लागि कामको विकल्प छैन। सन् २०१७ का लागि अमेरिकन सरकारले अक्टोबर १ देखि नोभेम्बर ३ अर्थात् असोज १४ देखि कात्तिक १७ गतेसम्म डीभीको आवेदन फर्म खुला गरेको छ। ५०,००० डाइभर्सिटी भिसा डीभी उपलब्ध गराइने अमेरिकी सरकारले जनाएको छ। सम्पूर्ण देशबाट प्राप्त डीभी फर्मको चिट्ठा अंग्रेजी महिनाको मे महिना २०१६ मा अमेरिकाको केन्ट राज्यमा खुल्छ। बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एक्वेडोर, एल्साल्भाडोर, हाइटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य, उत्तरी आयरल्यान्डबाहेक र उसका आश्रीत भूभाग र भियतनामलगायतका देशले विगत पाँच वर्षमा ५० हजारभन्दा बढी नागरिक संयुक्त राज्य अमेरिका पठाइसकेका कारण डीभी २०१७ का लगि योग्य ठानिएको छैन। त्यसैले यी देशका नागरिकले डीभीका लागि फर्म भर्न सक्दैनन्। यीबाहेक अन्य देशका नागरिकका लागि भने अमेरिकी सरकारले डीभी फर्म भर्दा कुनै शुल्क नलाग्ने भनेको छ तर विभिन्न इन्स्टिच्युट, कम्पनी र फोटो ल्याबहरूले फोटो र फर्म भरिदिएबापत भन्दै एकजनाको ५०० देखि ७०० रुपैयाँसम्म नागरिकसँग पैसा उठाउने गरेका छन्। यसरी डीभी चिठ्ठा भरेबापत रकम असुल्ने व्यक्ति तथा कम्पनीलाई प्रहरीले कारबाही गर्न सकेको छैन। विगतका वर्षहरूमा केन्द्रीय गोस्वारा हुलाकबाट पनि फर्म भरेर पठाउन सकिन्थ्यो, यसपालिदेखि हुलाकले पनि यो क्रम भंग गरेको छ। अहिलेसम्म कति नेपालीले डीभी भरे र कतिले प्राप्त गरे भन्ने एकिन तथ्यांक छैन। सन् २००० को हाराहारीदेखि अमेरिकामा नेपालीको संख्या बढेको छ। मूलत: नेपालको खस्कँदो र निराशालाग्दो राजनीतिक तथा आर्थिक अवस्था, बेरोजगारी, असुरक्षा र डीभी भिसाप्रतिको आकर्षणले गर्दा अमेरिकातिर नेपाली तानिएका छन्। एक तथ्यांकअनुसार, अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा नेपाली रहेका छन्। अमेरिकामा नेपाली आप्रवासीको इतिहास हेर्ने हो भने अन्य देशको तुलनामा न्यून रहेको मान्नुपर्छ। अमेरिकी आप्रवासी विभागको तथ्यांकअनुसार सन् १८८१–१८९० सम्ममा १९१० जना अमेरिका प्रवेश गरेको पाइन्छ। तर यो संख्याभित्र नेपाली नागरिकको संख्या कति थियो भन्ने छुट्याइएको छैन। अमेरिका विश्वकै सबभन्दा ठूलो, विकसित र धनी राष्ट्र हो। त्यसैले गरिब राष्ट्रका नागरिकका लागि अमेरिका सपनाको देश बनेको छ। त्यसैले अमेरिका पुगेर त्यहाँको शिक्षा लिनेहरूले अमेरिकामा राम्रै काम पाएर स्थापित पनि भएका छन् । उनीहरूको सपना साकार पनि भएको छ तर जोसँग अंग्रेजी भाषाको ज्ञान छैन, त्यस्तालाई भने अमेरिका घाँडो बन्ने गरेको छ। वास्तवमा सोचेको अमेरिका भोगेपछि भेटिँदैन। भोगेको अमेरिका सोचेको हुँदैन। तैपनि अमेरिका हामीमध्ये धेरैका लागि ‘ड्रिम ल्यान्ड’ नै छ। बनारसी लड्डु भने पनि हुन्छ अमेरिकालाई ‘खाया तो भी पछुताया, नही खाया तो भी पछुताया।’ त्यसैले उमेरले ५० काटेकाहरू पनि कतै अमेरिका जान पाइहालिन्छ कि भनेर डीभी भर्न पछि परेका छैनन्। डीभी परेर अमेरिका जानेहरू ६ महिना पनि राम्रोसँग बस्न नसकेर फर्किएका उदाहरण हामीसँग थुप्रै छन्। कति त अमेरिकामा सोचेजस्तो डलर कमाउन सहज नबनेपछि डिप्रेसनमा पर्ने गरेको र आत्महत्या गर्ने गरेको समाचार पनि हामीले सुन्दै आएका हौं। तैपनि हामी नेपालीलाई अमेरिका जाने भूतले छाडेको छैन। डीभीप्रति युवायुवतीको आकर्षण देख्दा शिक्षित वर्गलाई कामका लागि चिट्ठा भरेर विदेश निर्यात गरेको जस्तो लाग्छ। अंग्रेजीमा कमान्ड र प्राविधिक सीप नभएकाहरूलाई अमेरिकामा रहन निकै कठिन छ। समुद्री किनार, स्ट्याचु अफ लिबर्टी, टाइम्स स्क्वायर, गोल्डेन गेट र हलिउडमा बसेर खिचेको फोटो फेसबुकमा सेयर गरेको देखेर अमेरिकालाई स्वर्ग ठान्नु गलत हो। स्वर्ग त आफ्नै देशलाई ठान्नुपर्छ। प्रकाशित: कार्तिक १५, २०७२ http://kantipur.ekantipur.com/...
cybernepali · Nov 4, 2015 10:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion