नेपालको पानी देखाएर बिहारमा भोट माग्दै मोदी (भिडियोसहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१७ कात्तिक, काठमाडौं । नेपाललाई नाकाबन्दी लगाएर हाहाकार सिर्जना गराएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकै पानीबाट बिहारमा झलमल्ल विजुली बाल्ने सपना देखाएर भोट मागिरहेका छन् । नेपाल भ्रमणमा गएर पानी किन्ने सम्झौता गरेको उल्लेख गर्दै त्यसबाट निस्कने विजुली बिहारलाई दिने उद्घोष गरे । मोदीले बिहारको फार्वेसगञ्जमा आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा बिजुलीको सपना बाँडेका छन् । ‘के तपाईंहरु अँध्यारोमै बस्ने हो ? लालटिनमै गुजारा गर्ने हो ?’ भिडलाई सम्वोधन गर्दै उनी सोध्छन् । भिडबाट आवाज आउछ ‘होइन’ । त्यसपछि मोदी भन्छन्-‘म नेपाल गएँ, भुटान गएँ । मैले त्यहाँका सरकासित सम्झौता गरेँ । पानीबाट निस्कने बिजुलीको कारखाना लगाइदिएँ । जब कारखाना पूरा हुन्छ त्यो विजुली बिहारलाई दिइन्छ, विहारलाई ।’ भिडले परर ताली पिट्छ । उनले नितिशकुमारलाई चुनौति दिँदै भने उनी भन्छन्-जनतालाई कम्युटर दिन्छु । विनाविजुली कम्प्युटर चल्छ ? आज बिहारमा विजुली छ ? मोबाइल फोन चार्ज गर्न बाहिर जानुपर्छ कि पर्दैन ? मोबाइल फोन चार्ज हुँदैन बिहारमा, कम्प्युटरको कुरागर्छौं नितिस बाबु ? लालु जी अब लालटिनको जमाना गयो, बिजुली चाहियो विजुली ।’ - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Nov 3, 2015 11:04 AM · 1,705 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all